वि.सं. २०८२ असार ५, बिहीबार
+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

नेप्सेमा पाँच कम्पनीका नयाँ सेयर सूचीकृत, आइतबारदेखि कारोबार खुल्ने

अर्थलगानी
२०८१ फाल्गुन १०, शनिबार

काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा यस साता पाँच वटा कम्पनीका बोनस र थप सेयर सूचीकृत भएका छन्।

छिमेक लघुवित्तको ८ प्रतिशत बोनस सेयरअन्तर्गत २३ लाख ८१ हजार ७३७ कित्ता सेयर आइतबार सूचीकृत भएको छ। मंगलबार सान्जेन जलविद्युत कम्पनी लिमिटेडको थप ३६ लाख ५० हजार कित्ता सेयर पनि नेप्सेमा सूचीबद्ध भयो।

बिहीबार भने तीन कम्पनीका बोनस सेयर सूचीकृत भए। कृषि विकास बैंकको ३ प्रतिशत बोनस सेयरअन्तर्गत ४० लाख ३५ हजार ५०२ कित्ता, शिवम् सिमेन्टको ८.५५ प्रतिशत बोनस बराबर ४२ लाख ९८ हजार ८५ कित्ता र फर्स्ट माइक्रोफाइनान्सको ९ प्रतिशत बोनस सेयरअन्तर्गत ११ लाख १० हजार ४४४ कित्ता नेप्सेमा सूचीकृत भएका छन्।

सूचीकृत भएका यी बोनस सेयरहरू आइतबारदेखि दोस्रो बजारमा कारोबार खुल्नेछन्।

प्रतिक्रिया

लेखकको बारेमा

अर्थलगानी