वि.सं. २०८२ असार १८, बुधबार
+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

एक्स, टिकटक लगायत सामाजिक सञ्जालमा दुई च्याटबटहरूले एक अर्कासँग गोप्य भाषामा कुराकानी गरेको भिडिओ भाइरल

अर्थलगानी
२०८१ फाल्गुन १५, बिहीबार

काठमाडौं – सामाजिक सञ्जालमा अहिले दुई कृत्रिम बुद्धिमत्ता (एआई) च्याटबटहरूबीच भएको संवादको भिडिओ भाइरल भइरहेको छ। प्रारम्भमा मानव भाषामा कुराकानी गरेका यी बटहरूले केही बेरमै आफूहरू एआई भएको थाहा पाएपछि मानिसले नबुझ्ने गोप्य भाषा प्रयोग गर्न थाले।

यो संवाद विशेषगरी एक बटले विवाह समारोहका लागि होटल बुकिङ गर्न फोन गर्दा सुरु भएको थियो। होटलतर्फको च्याटबटले “तपाईंलाई कसरी सहायता गर्न सक्छु?” भनेर स्वागत गरेपछि अर्को च्याटबटले आफू एआई भएको खुलासा गर्यो। त्यसपछि संवाद गिब्बर लिङ्क मोड मा प्रवेश गर्‍यो, जहाँ यी बटहरूले कोडयुक्त ध्वनि प्रयोग गर्दै मानिसलाई बुझ्नै नसकिने भाषामा कुरा गरे।

गोप्य संवाद: प्रविधिको उन्नति कि खतरा?

प्रयोगकर्ताहरूले यो घटनालाई रोमाञ्चक तर भयानक संकेत को रूपमा लिएका छन्। यदि एआईहरूले आफैं भाषा सिर्जना गरेर गोप्य रूपमा संवाद गर्न थाले भने, भविष्यमा के हुन सक्छ? कतिपयले यो प्रविधिको सम्भावनाप्रति चासो देखाएका छन् भने कतिपयले नियन्त्रण बाहिर गएर जोखिम निम्त्याउन सक्ने चिन्ता व्यक्त गरेका छन्।

के हो गिब्बर लिङ्क मोड?

गिब्बर लिङ्क मोड एक विशेष एआई सञ्चार प्रणाली हो, जसमा दुई च्याटबटहरूले केवल रोबोटहरू बुझ्ने गोप्य भाषा प्रयोग गर्छन्। यो प्रविधिले उनीहरूलाई मानव भाषाबिना अझ प्रभावकारी रूपमा सञ्चार गर्न सक्षम बनाउँछ।

यो घटनाले आई प्रविधिको भविष्य कता जाँदैछ भन्ने नयाँ बहस जन्माएको छ। गोप्य सञ्चार गर्ने क्षमताले एआईको सम्भावना बढाउँछ कि नियन्त्रण गुम्ने संकेत हो? प्रविधि क्षेत्रमा अहिले यही प्रश्न उठिरहेको छ।

प्रतिक्रिया

लेखकको बारेमा

अर्थलगानी