काठमाडौं – सिटिजन लाइफ इन्स्योरेन्स कम्पनीले हालै चितवनको सिराइचुली होटेलमा दुईदिने “मिलियन डलर राउन्ड टेबल” (एमडीआर २०२५) कार्यक्रम सफलतापूर्वक सम्पन्न गरेको छ। फागुन ९ र १० गते आयोजना गरिएको उक्त कार्यक्रमले कम्पनीका सिनियर एजेन्सी मेनेजरहरूलाई पेशागत दक्षता र व्यावसायिक लक्ष्य हासिल गर्नका लागि थप प्रशिक्षण र मार्गदर्शन उपलब्ध गराएको छ।
कम्पनीका अनुसार, यस कार्यक्रमको मुख्य उद्देश्य एमडीआर २०२५ को लागि चयन भएका सदस्यहरूको व्यावसायिक विकासमा योगदान पुर्याउनु र आगामी वर्षहरूको लागि थप सफलता सुनिश्चित गर्नु हो। हरेक वर्ष कम्पनीले अघिल्लो आर्थिक वर्षमा उत्कृष्ट प्रदर्शन गर्ने सिनियर एजेन्सी मेनेजरलाई यस कार्यक्रमको भाग बनाउन अवसर प्रदान गर्दै आएको छ।
सिटिजन लाइफ इन्स्योरेन्सका अधिकारीहरूले यस कार्यक्रमलाई कम्पनीका एजेन्टहरूलाई थप प्रेरित गर्ने र बजारमा प्रतिस्पर्धात्मक लाभ प्राप्त गर्ने अवसरको रूपमा मूल्यांकन गरेका छन्।
लेखकको बारेमा

प्रतिक्रिया