वि.सं. २०८२ असार ५, बिहीबार
+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

नेपाल लाइफद्वारा “छुट्ला है छुट” योजना सार्वजनिक

अर्थलगानी
२०८१ फाल्गुन १६, शुक्रबार

काठमाडौँ। जीवन बीमा कम्पनी नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले “छुट्ला है, छुट” योजना सार्वजनिक गरेको छ। यो योजना अन्तर्गत यस कम्पनीका बीमितहरुले भुक्तानी गर्नुपर्ने नविकरण बीमा शुल्क भुक्तानी नगरि १८० दिनभन्दा माथि व्यतित भएका बीमालेखहरुमा मिति यहि फागुन १५ देखि २०८२जेठ १३ गते सम्म नविकरण बीमा शुल्क भुक्तानी गरी सुचारु गरेमा बीमालेख नविकरण गर्दा लाग्ने विलम्ब शुल्कमा ५० प्रतिशत छुट प्रदान गर्न लागेको हो।

कम्पनीका प्रमुख कार्यकारी अधिकृत प्रवीण रमण पराजुलीले कम्पनी २५ औं वर्षमा प्रवेश गर्दै गरेको अवसरमा यो आकर्षक योजना सार्वजनिक गरिएको बताए। उनले बीमितहरूको हितलाई मध्यनजर गर्दै योविशेष योजना एक पटकको लागि सार्वजनिक गरिएको र व्यतित भएका बीमालेखहरु समयमा नै नविकरण बीमा शुल्क भुक्तानी गरी बीमालेख नविकरण गर्दा लाग्ने विलम्ब शुल्कमा ५० प्रतिशत छुटको लाभ उठाउन आग्रह गरेका हुन्। साथ साथै बीमालेखलाई निरन्तरता प्रदान गर्दै जोखिम हस्तान्तरण गरी ढुक्कका साथ जीवनयापन गर्न आग्रह गरे।

प्रतिक्रिया

लेखकको बारेमा

अर्थलगानी