वि.सं. २०८२ असार ५, बिहीबार
+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

चन्द्र ढकालले खोले कागज उद्योग

अर्थलगानी
२०८१ फाल्गुन २०, मंगलवार

काठमाडौँ। आईएमई ग्रुपका अध्यक्ष चन्द्रप्रसाद ढकालले नेपालको सबैभन्दा ठूलो कागज उद्योग सञ्चालनमा ल्याएका छन्। नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्षसमेत रहेका ढकालले महोत्तरीको गौशाला नगरपालिकाको गौशाला–१ इँटाटार गाउँमा दुई अर्ब बढीको लगानीमा देशकै सबैभन्दा ठूलो कागज उद्योग सञ्चालनमा ल्याएका हुन्।

ढकालले ‘नेपाल पल्प एन्ड पेपर इन्डस्ट्रिज प्रालि’ नामबाट उक्त उद्योग सञ्चालन गरेका छन्। नेपालमा कागज उत्पादन हुने उद्योग नभएकाले आयात गर्नुपर्ने अवस्थालाई हटाउन र स्वदेशमै रोजगारी सिर्जना गर्न आफूले कागज उद्योग स्थापना गरेको अध्यक्ष ढकालको भनाई छ। २०७८ मा शिलान्यास भएको उद्योगले निर्माण सकिएसँगै केही समयअघि उत्पादन सुरु गरेको छ ।
उत्पादन सुरु भएसँगै यसैसाता औपचारिक उद्घाटन हुने भएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले उद्योगको औपचारिक उद्घाटन गर्ने छन्।

प्रतिक्रिया

लेखकको बारेमा

अर्थलगानी