वि.सं. २०८२ असार ५, बिहीबार
+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

दोर्दी खोला जलविद्युतको हकप्रदमा कहिलेदेखि पाइन्छ आवेदन दिन?

अर्थलगानी
२०८१ फाल्गुन २५, आईतवार

काठमाडौँ। दोर्दी खोला जलविद्युतको सत प्रतिशत हकप्रद सेयरमा चैत्र १९ गतेदेखि आवेदन दिन पाइने भएको छ। कम्पनीले १ः१ अनुपातमा १ करोड ५ लाख ४२ हजार ६ सय ४ कित्ता हकप्रद सेयर जारी गर्न लागेको हो । जसअनुसार यस कम्पनीले १ सय अंकित मूल्यमा १ अर्ब ५ करोड ४२ लाख ६० हजार ४ सय रुपैयाँ बराबरको हकप्रद सेयर निष्कासन गर्नेछ ।

उक्त हकप्रद सेयरको लागि कम्पनीले फागुन १५ गते बुक क्लोज गरिसकेको छ । तसर्थ, फागुन १४ गतेसम्म कायम लगानीकर्ताले हकप्रद सेयरको दाबी गर्न पाउनेछन् । ङादी ग्रुपले जारी गर्न लागेको हकप्रद सेयरमा लगानीकर्ताले २०८२ बैशाख ८ गतेसम्म आवेदन दिन सक्नेछन् ।

यसको हकप्रद सेयरमा सानिमा क्यापिटलले बिक्री प्रबन्धकको काम गर्नेछ । यस हकप्रदमा बिक्री सानिमा क्यापिटल नक्साल काठमाडौं र सानिमा बैंकको तोकिएको शाखा कार्यालयबाट आवेदन दिन सकिनेछ । यसका साथै धितोपत्र बोर्डबाट आस्वा अनुमति प्राप्त बैंक तथा वित्तीय संस्था र मेरो सेयरमार्फत आवेदन दिन सकिनेछ ।

दोर्दी खोलाको चुक्ता पुँजी १ अर्ब ५ करोड ४२ लाख ६० हजार ४०० रुपैयाँ रहेको छ । हकप्रद पछि यसको पुँजी २ अर्ब १० करोड ८५ लाख २० हजार रुपैयाँ पुग्नेछ ।

प्रतिक्रिया

लेखकको बारेमा

अर्थलगानी