काठमाडौँ। चिरख्वा हाईड्रोपावर लिमिटेडले साधारणसभा बोलाएको छ। हाईड्रोपावरले चैत २० गते बिहान ९ बजे कुण्डलिनि रोयल्स जोरपाटि काठमाडौँमा सभा बोलाएको छ। गत वर्ष सार्वजनीक निष्काशन गरेको यस हाईड्रोले लगानीकर्ताको हात भने खाली राखेको छ। यसले लगानीकर्ताको लागि लाभांश सम्बन्धी केही उल्लेख गरेको छैन।
साथै सभा प्रयोजनार्थ चैत १२ गते बुक क्लोज गर्ने समेत जनाएको छ। जसअनुसार चैत ११ गतेसम्म कायम शेयरधनिले सभामा भाग लिन पाउनेछन्।
चिरख्वा हाईड्रोपावरले बोलायो साधारणसभा, लगानीकर्ताको हात रित्तै
२०८१ फाल्गुन २५, आईतवार

प्रतिक्रिया