वि.सं. २०८२ असार ८, आईतवार
+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

एउटै व्यक्तिसँग हजार डिम्याट अकाउन्ट

भीमा पन्थी
२०८१ भाद्र ७, शुक्रबार

काठमाडौँ। मालिका गाउँपालिका–७ गुल्मीका दिपक कार्की २०७२ सालमा उच्च शिक्षाको लागि काठमाडौँ आए। आफन्तीको होस्टलमा बसेर अध्ययन सुरु गरेका कार्किलाई परिर्वतीत नाम लक्षु गिरीले नागरिकता र बैंक खाता खोल्न आग्रह गरे, त्यी गिरी अरु कोही नभएर आफन्तीका ज्वाई पर्ने र कार्किका भिनाजु पर्छन्। उनले त्यो नागरिकता र बैंक खाता लगायतका कागजात डिम्याट खोली शेयर किनबेच आफुले गर्नका लागि मागेका थिए र कार्किले उनले भनेबमोजिम पनि गरे। यो एक उदाहरणमात्रै हो, त्यी गिरीले होस्टमा बस्ने अघिकांश विद्यार्थी, शिक्षक, कर्मचारी लगायत सबैको नामको डिम्याट आफ्नो मातहातमा ल्याएका छन्। उनले करिब ४–५ सय डिम्याट अकाउन्ट होल्ड गरिरहेका छन्।त्यी सबै अकाउन्टबाट आफैले आईपीओ भर्ने, आवश्यकता परेमा शेयर खरिद बिक्रिमा समेत प्रयोग गर्ने गरि नाफा कुम्ल्याउँछन्।

त्यस्तै अर्का सुदुरपश्चिमका २४–२५ वर्षीय एक आइटी इन्जीनियरले पनि हजारौँ डिम्याट अकाउन्ट होल्ड गरेर बसेका छन्। उनले गाउँका अधिकांश व्यक्तिको नाममा खाता खोली आफुले राखेका छन्। हाल उनले काठमाडौँमा कार्यालय र कर्मचारी समेत राखेर उक्त अकाउन्टहरु सञ्चालन गरिरहेका छन्। सुदुरपश्चिममा सबैभन्दा पहिला शाखा पुर्याएको एक ब्रोकर कम्पनीको उनलाई राम्रो सहयोग छ। यतिसम्मकी उनलाई बहु डिम्याट अकाउन्टमा रहेको शेयरको बिक्रिमा पनि एउटै चेकमार्फत भुक्तानी समेत गर्दिने गरेको पाईन्छ। त्यत्तिमात्रै नभई बैंकमा समेत उनका उच्च पदस्थ व्यक्तिहरुसँग राम्रो सम्बन्ध छ, जसले केवाईसी फेरीफाईमा चलखेल गर्न उनलाई सहज भएको देखिन्छ।

शेयर बजारमा १० कित्ते नीतिको कारण गाउँभरिका र नातासम्बन्ध सबैका नागरिकता लिने र डिम्याट खोल्ने प्रवृति बढेको बजार विश्लेशक ज्योती दाहाल बताउँछन्। ‘अहिले बैंक, ब्रोकर र केही टाठाबाठा व्यक्तिको मिलेमतोमा एकै व्यक्तिले धेरै व्यक्तिको डिम्याट अकाउन्ट होल्ड गरेको पाईन्छ। यतिसम्मकी खोजी गर्ने हो भने मरेका व्यक्तिको नामबाट पनि आईपीओ भरिन्छ।’ उनले थपे, ‘यदि लगानीकर्ताले आफुसँग भएको रकम लगानी गरेअनुसार सोही अनुपातमा आईपीओ वितरण हुने भएको भए यस्तो गर्नै पर्ने थिएन।’ आईपीओमा आवेदक सबैलाई मिलेसम्म १०–१० कित्ता दिनुपर्ने नियमका कारण अवैद्य र अवास्तविक आवेदक बढेको उनको भनाई छ।

यता शेयर बजारको नियकामक निकाय नेपाल धितोपत्र बोर्डका प्रवक्ता डा. नवराज अधिकारीले अवैद्य तवरबाट खाता सञ्चालन गरि अस्वभाविक तवरबाट बजारमा चलखेल गरेको थाहा पाएसम्म सेबोनले कारबाही गर्ने बताउँछन्। उनले बजारमा कुनै पनि नकरात्मक प्रभाव पर्ने गतिविधिगर्नेलाई कारवाही गर्ने बताए। तर, एकै व्यक्तिले अवैध तवरबाट बहु व्यक्तिको खाता सञ्चालन गरेको सम्बन्धमा सेबोनमा हालसम्म कुनैपनि उजुरी नआएको र आएमा कानुन बमोजिम कारवाही गर्ने बताए।

साथै अधिकारीले आईपीओमा न्यूनतम १० कित्ते नीति सम्बन्धी व्यवस्था पुनरावलोकन समिति समेत बनिसकेको बताए। उनले भने, ‘औपचारिक रुपमा यसरी धेरै व्यक्तिका डिम्याट एउटै व्यक्तिले अवैध तवरबाट सञ्चालन गरेको सम्बन्धमा उजुरी आएको छैन। तर यस्तै केही भएर नै पुनरावलोक समित गठन भएको होला। त्यो अध्ययन रिपोर्ट आएपछि मात्रै थाहा हुन्छ।’

प्रतिक्रिया

लेखकको बारेमा

भीमा पन्थी

पत्रकार पन्थी अर्थलगानी डटकममा रहेर आर्थिक विटमा पत्रकारितामा गर्छिन्। उनले विषेशगरि नीजि क्षेत्र, बैंक तथा वित्तीय क्षेत्र, बीमा, पुजीँ बजारका साथै विभिन्न आर्थिक क्षेत्रमा कलम चलाउने गर्छिन्।