वि.सं. २०८२ असार १८, बुधबार
+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

ट्रम्पको नयाँ ट्यारिफ नीति अटो उद्योगलाई झट्का, अन्तर्राष्ट्रिय विरोध

अर्थलगानी
२०८१ चैत्र १४, बिहीबार

काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प ले फेरि एकपटक कडा व्यापार नीति अघि सारेका छन्। ‘अमेरिका फर्स्ट’ रणनीतिअन्तर्गत उनले अमेरिका भित्रिने विदेशी कारहरूमा २५ प्रतिशत ट्यारिफ लगाउने घोषणा गरेका छन्। ट्रम्पका अनुसार यो नीति अप्रिल २ बाट लागू हुनेछ भने कार पार्ट्समा भने मे महिनादेखि कर वृद्धि हुनेछ।

ट्रम्पको यो निर्णयले विदेशी कार महँगो बनाउने हुँदा अमेरिकी ग्राहकहरू प्रभावित हुने विश्लेषण गरिएको छ। उनले ट्यारिफबाट उठेको रकमलाई कर कटौतीका लागि स्रोत बनाउने र अमेरिकाको औद्योगिक उत्पादन बढाउने रणनीति अपनाएको बताएका छन्।

तर, यो निर्णयले अन्तर्राष्ट्रिय बिरोध निम्त्याएको छ। युरोपियन कमिशनका अध्यक्ष उर्सुला भोन डेर लियन ले ट्रम्पको नीति अन्तर्राष्ट्रिय व्यापारका लागि गलत रहेको बताएकी छन्। उता, क्यानडाका प्रधानमन्त्री मार्क कार्नी ले यो कदम क्यानडाका कामदार र उद्योगमाथि प्रत्यक्ष आक्रमण भएको भन्दै त्यसको जवाफ दिने चेतावनी दिएका छन्।

अब अमेरिकी ट्यारिफ नीतिले वैश्विक अटो बजारमा कस्तो असर पार्नेछ भन्ने चासो बढेको छ।

प्रतिक्रिया

लेखकको बारेमा

अर्थलगानी