वि.सं. २०८२ असार १८, बुधबार
+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

नेपालका पुल संरचनाको सबलीकरणमा विश्व बैंकको रु २० अर्ब सहयोग

अर्थलगानी
२०८१ चैत्र १७, आईतवार

काठमाडौं – नेपालका रणनीतिक सडक सञ्जालमा रहेका पुलहरूको मर्मत तथा सुधारका लागि विश्व बैंकले २० अर्ब ४० करोड रुपैयाँ (१५ करोड अमेरिकी डलर) अनुदान दिने भएको छ।

वासिङ्टन डिसीस्थित विश्व बैंक प्रधान कार्यालयका अनुसार, बैंकको कार्यकारी निर्देशक बोर्डले शुक्रबार ‘तेस्रो पुल सुधार तथा मर्मत कार्यक्रम’ अन्तर्गत उक्त वित्तीय प्याकेज स्वीकृत गरेको हो।

प्राकृतिक प्रकोपको असर कम गर्न सहयोग

नेपालमा पुल पूर्वाधारले ग्रामीण तथा शहरी क्षेत्रका बासिन्दालाई स्वास्थ्य, शिक्षा, आर्थिक अवसर तथा अन्य आधारभूत सेवासँग जोड्ने महत्वपूर्ण भूमिका निर्वाह गर्दै आएको छ।

तर, बाढी, पहिरो, भूकम्प तथा जलवायु परिवर्तनजन्य जोखिमका कारण पुल संरचना जोखिममा पर्ने भएकाले तिनको सबलीकरण अत्यावश्यक रहेको विश्व बैंकको विज्ञप्तिमा उल्लेख छ।

यस कार्यक्रमले दुर्गम भेगका यातायात पूर्वाधारलाई थप सुरक्षित, बलियो र दिगो बनाउन सहयोग गर्ने विश्वास बैंकले व्यक्त गरेको छ।

प्रतिक्रिया

लेखकको बारेमा

अर्थलगानी