वि.सं. २०८२ असार ५, बिहीबार
+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

वीरगन्ज भन्सारमा राजश्व गिरावटको कारक तत्त्व ‘खुलेआम तस्करी’ 

आरोहण शाह 
२०८० असार १५, शुक्रबार

वीरगन्ज । खुलेआम तस्करीको कारणले गर्दा वीरगन्ज भन्सार कार्यालयको राजश्वमा व्यापक गिरावट आएको छ। चालु आर्थिक वर्षको ११ महिना बितिसक्दा पनि वीरगन्ज भन्सार कार्यालयबाट लक्ष्यको ६० प्रतिशत पनि राजस्व उठ्न सकेको छैन। अर्थात्, चालू आर्थिक वर्षको जेठ महिनामा १३ अर्ब ९० करोड रुपैयाँ मात्र राजस्व सङ्कलन गरेको छ । जुन लक्ष्यको ५४.५१ प्रतिशत मात्रै हो। देशभरकै भन्सार कार्यालयमध्ये सर्वाधिक राजश्व सङ्कलन गर्दै आएको यो भन्सारले चालु आर्थिक वर्षका लागि २ खर्ब ६१ अर्ब रुपैयाँ असुलीको लक्ष्य पाएको छ ।

यसरी राजस्वमा भारी गिरावट आउनुमा खुलेआम तस्करी भइरहेको जानकारहरू बताउँछन्। भन्सार विभागकै व्यक्ति र प्रहरी लगायतका निकायहरूको बदमासीका कारण राजश्व उठतीमा कमी आएको सरोकारवालाहरू बताउँछन्।

वीरगन्ज उद्योग वाणिज्य सङ्घका अध्यक्ष अनिल कुमार अग्रवाल लक्ष्यभन्दा कम राजस्व उठ्नुको मुख्य कारण सरकारी नीति रहेको बताउँछन्। भारतबाट आउने मसलामानको जिएसटी प्रणाली लागु गरे पनि भन्सारले आफ्नै मूल्याङ्कन गरेकोले राजस्व असुलीलाई हेर्दा प्रभाव परेको अध्यक्ष अग्रवालले बताए।

भन्सारको लक्ष्यअनुरूपको राजस्व सङ्कलन नहुनुमा भन्सार नीति र भन्सार प्रमुखको ठुलो भूमिका रहने उनको दाबी छ। चोरी तस्करी नियन्त्रणका लागि खासै पहल नहुनु र विना भन्सार भन्सारको दायाँबायाँबाट ठुलो परिमाणमा तस्करीको सामान नेपालतर्फ भित्रने हुँदा राजश्वमा कमी आएको उनको भनाई छ।

सरकारको नीतिले गर्दा बैङ्कहरूले अटो क्षेत्रमा लगानी गर्न छाडेकोले राजस्व प्रभाव पारेको समेत उनले बताए। उनले भने, “सबै भन्दा बढी राजस्व उठ्नेमा सवारी साधन र पेट्रोलियम पदार्थ  हो । सरकारको गलत नीतिले बैङ्कहरूले लगानी गर्न छाडेपछि सवारी साधनको आयात पनि घट्यो र पेट्रोलियम पदार्थ को खपत कम भयो । यो दुईबाट बस्तुले गर्दाले राजस्व ठुलो प्रभाव पारेको छ।’
चोरी तस्करी नियन्त्रण समयमै सरकारले गर्न सकेन भने राजस्व सङ्कलनमा गम्भीर समस्या आउने उनी बताउँछन् । यस्तो समस्या नेपालका सबै उद्योग व्यवसायीका निम्ति समेत खतराको सङ्केत भएको उनले बताए।

वीरगन्ज भन्सार कार्यालयका सूचना अधिकृत रामचन्द्र ढकालले चालु आर्थिकमा नयाँ सवारी साधन र इन्धनको आयात घटेकाले राजस्वमा असर परेको बताउँछन्। ‘राजस्वमा सर्वाधिक योगदान गर्ने नयाँ सवारीसाधन, डिजेल र पेट्रोलसँगै खाना पकाउने एलपी ग्यासको आयात पनि घटेको छ’ उनले भने ‘वार्षिक राजस्व असुली अब असार महिनाभित्र भेटाउन असम्भव छ ।’

कसरी हुन्छ तस्करी
पर्सामा रहेका सबै सीमा क्षेत्रबाट दैनिक करोडौँ मूल्यका भारतीय सामान विना भन्सार चोरी बाटो हुँदै नेपाल आउने छ । प्रहरीले बेला बेलामा ठुलो परिमाणमा भन्सार छलीका कपडा तथा विभिन्न समानहरू बरामद गरेकोले तस्करी भएको पुष्टि गर्छ । गत असार ३ गते पर्सा प्रहरीले बजार मूल्य १९ लाख १४ हजार मोबाइल र घडी बरामद गरेको थियो । ८ गते छ लाख बाह्र हजार बराबरको माल बस्तुहरू प्रहरी वीरगन्ज भन्सार कार्यालयमा बुझाइएको थियो ।

यो त एउटा उदाहरण मात्र हो । मधेस प्रदेशका हरेक भन्सार र छोटी भन्सारहरूको तथ्याङ्क यो भन्दा पनि निराशाजनक रहेको बताइन्छ । मुलत सरकारले तोकेको लक्ष्यभन्दा कम राजस्व सङ्कलन गर्नुको कारण चोरी तस्करी भएको वीरगन्ज भन्सार कार्यालय आफैले स्वीकार गरेको छ । संस्थागत तस्करीलाई भन्सारकै कर्मचारीहरूले मलजल गर्दा यस्तो समस्या आएको बताइन्छ । पर्सा जिल्ला खुला सीमा नाकामा चोरी तस्करी गतिविधि बढेको छ । प्रहरीहरूकै संरक्षणमा नेपाल सरकारको राजश्व चुहावट गरी चोरी पैठारी तस्करी बढ्न थालेको छ । प्रहरीकै संरक्षणमा पर्साको विभिन्न नाका भएर खुल्लेयाम हुण्डी, सुन–चाँदी, मरीच, केराउ, छोकडा, विद्युतीय सामाग्री, लत्ताकपडा, मेसिनको तस्करी भइरहेको स्थानीयबासीले बताएका छन ।

पर्साका प्रमुख प्रहरी उपरीक्षक कोमल शाह भने तस्करी अत्यधिक भएको भन्ने विषय सत्य नभएको बताउँछन्। खुला सीमाको कारण केही मान्छेले घरायसी प्रयोजनका लागि ल्याएता पनि अन्यले तस्करीका सामान नल्याएको उनको तर्क छ ।

यो पनि, वीरगञ्जका दुईवटा ठुला भन्सार कार्यालय राजस्व संकलनमा असफल

प्रतिक्रिया

लेखकको बारेमा

आरोहण शाह 

वीरगन्ज । खुलेआम तस्करीको कारणले गर्दा वीरगन्ज भन्सार कार्यालयको राजश्वमा व्यापक गिरावट आएको छ। चालु आर्थिक वर्षको ११ महिना बितिसक्दा पनि वीरगन्ज भन्सार कार्यालयबाट लक्ष्यको ६० प्रतिशत पनि राजस्व उठ्न सकेको छैन। अर्थात्, चालू आर्थिक वर्षको जेठ महिनामा १३ अर्ब ९० करोड रुपैयाँ मात्र राजस्व सङ्कलन गरेको छ । जुन लक्ष्यको ५४.५१ प्रतिशत मात्रै हो। देशभरकै भन्सार कार्यालयमध्ये सर्वाधिक राजश्व सङ्कलन गर्दै आएको यो भन्सारले चालु आर्थिक वर्षका लागि २ खर्ब ६१ अर्ब रुपैयाँ असुलीको लक्ष्य पाएको छ । यसरी राजस्वमा भारी गिरावट आउनुमा खुलेआम तस्करी भइरहेको जानकारहरू बताउँछन्। भन्सार विभागकै व्यक्ति र प्रहरी लगायतका निकायहरूको बदमासीका कारण राजश्व उठतीमा कमी आएको सरोकारवालाहरू बताउँछन्। वीरगन्ज उद्योग वाणिज्य सङ्घका अध्यक्ष अनिल कुमार अग्रवाल लक्ष्यभन्दा कम राजस्व उठ्नुको मुख्य कारण सरकारी नीति रहेको बताउँछन्। भारतबाट आउने मसलामानको जिएसटी प्रणाली लागु गरे पनि भन्सारले आफ्नै मूल्याङ्कन गरेकोले राजस्व असुलीलाई हेर्दा प्रभाव परेको अध्यक्ष अग्रवालले बताए। भन्सारको लक्ष्यअनुरूपको राजस्व सङ्कलन नहुनुमा भन्सार नीति र भन्सार प्रमुखको ठुलो भूमिका रहने उनको दाबी छ। चोरी तस्करी नियन्त्रणका लागि खासै पहल नहुनु र विना भन्सार भन्सारको दायाँबायाँबाट ठुलो परिमाणमा तस्करीको सामान नेपालतर्फ भित्रने हुँदा राजश्वमा कमी आएको उनको भनाई छ। सरकारको नीतिले गर्दा बैङ्कहरूले अटो क्षेत्रमा लगानी गर्न छाडेकोले राजस्व प्रभाव पारेको समेत उनले बताए। उनले भने, “सबै भन्दा बढी राजस्व उठ्नेमा सवारी साधन र पेट्रोलियम पदार्थ  हो । सरकारको गलत नीतिले बैङ्कहरूले लगानी गर्न छाडेपछि सवारी साधनको आयात पनि घट्यो र पेट्रोलियम पदार्थ को खपत कम भयो । यो दुईबाट बस्तुले गर्दाले राजस्व ठुलो प्रभाव पारेको छ।’ चोरी तस्करी नियन्त्रण समयमै सरकारले गर्न सकेन भने राजस्व सङ्कलनमा गम्भीर समस्या आउने उनी बताउँछन् । यस्तो समस्या नेपालका सबै उद्योग व्यवसायीका निम्ति समेत खतराको सङ्केत भएको उनले बताए। वीरगन्ज भन्सार कार्यालयका सूचना अधिकृत रामचन्द्र ढकालले चालु आर्थिकमा नयाँ सवारी साधन र इन्धनको आयात घटेकाले राजस्वमा असर परेको बताउँछन्। ‘राजस्वमा सर्वाधिक योगदान गर्ने नयाँ सवारीसाधन, डिजेल र पेट्रोलसँगै खाना पकाउने एलपी ग्यासको आयात पनि घटेको छ’ उनले भने ‘वार्षिक राजस्व असुली अब असार महिनाभित्र भेटाउन असम्भव छ ।’ कसरी हुन्छ तस्करी पर्सामा रहेका सबै सीमा क्षेत्रबाट दैनिक करोडौँ मूल्यका भारतीय सामान विना भन्सार चोरी बाटो हुँदै नेपाल आउने छ । प्रहरीले बेला बेलामा ठुलो परिमाणमा भन्सार छलीका कपडा तथा विभिन्न समानहरू बरामद गरेकोले तस्करी भएको पुष्टि गर्छ । गत असार ३ गते पर्सा प्रहरीले बजार मूल्य १९ लाख १४ हजार मोबाइल र घडी बरामद गरेको थियो । ८ गते छ लाख बाह्र हजार बराबरको माल बस्तुहरू प्रहरी वीरगन्ज भन्सार कार्यालयमा बुझाइएको थियो । यो त एउटा उदाहरण मात्र हो । मधेस प्रदेशका हरेक भन्सार र छोटी भन्सारहरूको तथ्याङ्क यो भन्दा पनि निराशाजनक रहेको बताइन्छ । मुलत सरकारले तोकेको लक्ष्यभन्दा कम राजस्व सङ्कलन गर्नुको कारण चोरी तस्करी भएको वीरगन्ज भन्सार कार्यालय आफैले स्वीकार गरेको छ । संस्थागत तस्करीलाई भन्सारकै कर्मचारीहरूले मलजल गर्दा यस्तो समस्या आएको बताइन्छ । पर्सा जिल्ला खुला सीमा नाकामा चोरी तस्करी गतिविधि बढेको छ । प्रहरीहरूकै संरक्षणमा नेपाल सरकारको राजश्व चुहावट गरी चोरी पैठारी तस्करी बढ्न थालेको छ । प्रहरीकै संरक्षणमा पर्साको विभिन्न नाका भएर खुल्लेयाम हुण्डी, सुन–चाँदी, मरीच, केराउ, छोकडा, विद्युतीय सामाग्री, लत्ताकपडा, मेसिनको तस्करी भइरहेको स्थानीयबासीले बताएका छन । पर्साका प्रमुख प्रहरी उपरीक्षक कोमल शाह भने तस्करी अत्यधिक भएको भन्ने विषय सत्य नभएको बताउँछन्। खुला सीमाको कारण केही मान्छेले घरायसी प्रयोजनका लागि ल्याएता पनि अन्यले तस्करीका सामान नल्याएको उनको तर्क छ । यो पनि, वीरगञ्जका दुईवटा ठुला भन्सार कार्यालय राजस्व संकलनमा असफल