वि.सं. २०८२ असार ५, बिहीबार
+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

कुमारी बैंकको २ लाख कित्ता संस्थापक सेयर बिक्रीमा

अर्थलगानी
२०८१ चैत्र ३१, आईतवार

काठमाडौँ । कुमारी बैंक लिमिटेडले संस्थापक सेयर बिक्रीमा ल्याएको छ । बैंकले सस्थापक सेयरधनीहरूको नाममा रहेको २ लाख १४ हजार १११ कित्ता संस्थापक सेयर बिक्रीमा ल्याएको हो । राष्ट्र बैंकको सेयर बिक्री प्रावधानअनुसार पहिलो प्राथमिकता संस्थापक शेयरधनीहरूलाई दिइनेछ ।

कम्पनीले निकालेको सूचनामा ३५ दिनभित्र इच्छुक संस्थापक सेयरधनीहरूलाई कम्पनीको सेयर रजिस्ट्रार कार्यालय नक्साल वा प्रधान कार्यालय टंगालमा निवेदन दिन भनेको छ ।

तोकिएको समय अवधिभित्र संस्थापक सेयरधनीहरूको आवेदन नपरेमा मात्र अन्यमा सेयर बिक्री गरिने कम्पनीले जनाएको छ ।

प्रतिक्रिया

लेखकको बारेमा

अर्थलगानी