वि.सं. २०८२ असार १७, मंगलवार
+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

भारत–नेपाललाई बंगलादेशको झड्का! धागोदेखि आलुसम्म आयातमा रोक

अर्थलगानी
२०८२ बैशाख ४, बिहीबार

काठमाडौं । घरेलु उद्योगलाई प्राथमिकता दिने नीति अन्तर्गत, बंगलादेशले भारत, नेपाल र भुटानबाट आयात हुने केही वस्तुहरूमाथि कडा प्रतिबन्ध लगाएको छ। बंगलादेशको नेशनल बोर्ड अफ रेभेन्यु (NBR) ले नयाँ सूचना जारी गर्दै केही प्रमुख वस्तुहरूको आयातमा रोक लगाएको हो। बंगलादेशी सञ्चारमाध्यमहरूका अनुसार, यो निर्णयले भारतसँगको व्यापार सम्बन्धमा चिसोपन देखिएको छ भने नेपाल र भुटानका केही वस्तुहरू पनि प्रभावित हुने देखिएको छ।

 सूचनाअनुसार, नेपाल र भुटानमा उत्पादन तथा प्रशोधन गरिएका अधिकांश वस्तुहरू आयात गर्न पाइनेछ, तर धागो र आलु भने प्रतिबन्धित सूचीमा परेका छन्।

भारतसँगको सम्बन्धमा कडाइ

भारतका लागि भने बंगलादेशले कडा कदम चालेको देखिन्छ। प्रतिबन्धित सूचीमा समावेश वस्तुहरू यस्ता छन्:

  • न्यूजप्रिन्ट, डुप्लेक्स बोर्ड, क्राफ्ट पेपर

  • सुर्ती, पाउडर दूध, सिगरेट पेपर

  • माछा, आलु, टिभी/रेडियो पार्ट्स

  • साइकल र मोटर पार्ट्स, सिरामिक/स्यानिटरी सामग्री

  • टाइल्स, स्टेनलेस स्टिल, मार्बल स्ल्याब, मिश्रित कपडा

तर स्थानीय चुरोट उत्पादन गर्ने बंगलादेशी उद्योगहरूले कच्चा सुर्तीका डाँठ आयात गर्न भने पाउने छन्, जुन अपवादका रूपमा उल्लेख गरिएको छ।

भारतको निर्णयले चर्किएको व्यापार तनाव?

भारतले हालै बंगलादेशलाई दिइरहेको ट्रान्ससिपमेन्ट सुविधा रद्द गरेपछि बंगलादेशको यो निर्णय आएको हो भन्ने व्याख्या गरिएको छ। सन् २०२० मा भारतले बंगलादेशलाई तेस्रो मुलुकमा वस्तु पठाउन आफ्नो भूमि प्रयोग गर्न अनुमति दिएको थियो, तर २०२५ अप्रिल ८ मा भारतको केन्द्रीय अप्रत्यक्ष कर तथा सीमा शुल्क बोर्ड (CBIC) ले उक्त निर्णय रद्द गर्‍यो।

प्रतिक्रिया

लेखकको बारेमा

अर्थलगानी