काठमाडौँ। पियोर इनर्जी लिमिटेडको आइपीओ बिहीबार (वैशाख ११ गते) बाँडफाँट हुने भएको छ। बिक्री प्रबन्धक नबिल इन्भेष्टमेन्ट बैंकिङले वैशाख ११ गते बिहीबार आइपीओ बाँडफाँट गर्ने तयारी गरेको जनाएको हो।
यो आइपीओमा मागभन्दा १९.२८ गुणा बढी आवेदन परेको छ । यसर्थ गोलाप्रथाबाट आइपीओ बाँडफाँट हुनेछ । यसमा १९ लाख ३६ हजार ५३ जनाले कुल २ करोड २७ लाख ४२ हजार ६५० कित्ताका लागि आवेदन दिएका छन् । जसमा १ लाख १९ हजार ५२० जनाले मात्र सेयर हात पार्नेछन् ।
बाँकी १८ लाख १६ हजार ५३३ जनाको भने हात खाली हुनेछ । पियोर इनर्जीले चैत २८ गतेदेखि वैशाख २ गतेसम्म प्रतिकित्ता १०० रुपैयाँका दरमा ११ करोड ९५ लाख २० हजार रुपैयाँ बराबरको ११ लाख ९५ हजार २०० कित्ता सेयर सर्वसाधारणको लागि बिक्री खुला गरेको थियो ।
क्रेडिट रेटिङ संस्था केयर रेटिङ नेपालले यस कम्पनीलाई केयर एनपी डबल बी इस्यूअर रेटिङ प्रदान गरेको छ । यसले कम्पनीको दायित्व बहन गर्ने क्षमतामा औषत जोखिम रहेको संकेत गर्दछ । केयर रेटिङ नेपालले २०८१ भदौ १३ गते उक्त रेटिङ दिएको थियो । यो रेटिङ २०८२ साउन २० गतेसम्म बाहल रहनेछ ।
प्रतिक्रिया