वि.सं. २०८२ असार १७, मंगलवार
+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

उच्च अदालतद्धारा जगदुल्ला हाइड्रोपावर कम्पनीविरुद्ध कारण देखाउ आदेश जारी

अर्थलगानी
२०८२ बैशाख २४, बुधबार

काठमाडौँ । सिउ इन्फ्रास्ट्रक्चर र हाई हिमालय हाइड्रो कन्स्ट्रक्सन जेभीले सोमबार दर्ता गरेको रिट निवेदनमा जगदुल्ला हाइड्रोपावर कम्पनीविरुद्ध कारण देखाऊ आदेश जारी गरेको छ। न्यायाधीश टंकप्रसाद गुरुङको एकल इजलासले यो आदेश जारी गरेको हो।

जगदुल्ला हाइड्रोपावर कम्पनी र कम्पनीको बोलपत्र मूल्यांक समितिविरुद्ध दायर गरेको रिट निवेदनमा १५ दिनभित्र लिखित जवाफ पेस गर्न अदालतले आदेश दिएको छ। उक्त रिटको पेशी आगामी वैशाख ३० मा तोकिएको छ।

वित्तीय प्रस्ताव खोल्नका लागि छनोट भएका दुई कम्पनीमध्ये जियाङ्सी कन्स्ट्रक्सन इन्जिनियरिङ (ग्रुप) कर्पोरेसन (चीन) र एएनके कन्स्ट्रक्सन नेपाल जेभीको विरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी परेको समेत रिट निवेदनमा उल्लेख छ । आफ्नो कम्पनीको प्राविधिक प्रस्तावलाई जगदुल्ला कम्पनीकको मूल्यांकन समितिले अयोग्य ठहर गर्नु सार्वजनिक खरिद नियमावली, २०६४ को नियम ६१, ६२ को विपरित भएको निवेदक सउ इन्फ्रास्ट्रक्चर र हाई हिमालय हाइड्रो कन्स्ट्रक्सन जेभीको दाबी छ ।

आर्थिक प्रस्तावमा बोलपत्रदाताहरूबाट कबोल गरिएको रकम प्राविधिक प्रस्तावको मूल्याकंनकै क्रममा सार्वजनिक जानकारी हुनुले सम्पूर्ण खरिद प्रक्रिया नै औचित्यहीन भएकाले प्राविधिक प्रस्ताव मूल्यांकन र त्यसकै आधारमा आर्थिक प्रस्ताव खोल्नका लागि जारी गरिएकौ सूचना बदर गर्न र सम्पुण खरिद प्रक्रिया यथास्थितिमा राख्न अन्तरिम आदेश समेत निवेदकले माग गरिएको छ ।

जियाङसी कन्स्ट्रक्सन इन्जिनियरिङ (ग्रुप) कर्पोरेसन (चीन) र एएनके कन्स्ट्रक्सन नेपाल जेभी र सिनो हाइड्रो कर्पोरेसन योग्य रहेको भन्दै जगदुल्ला हाइड्रोपावर कम्पनीले वैशाख ९ मा आगामी बुधबार आर्थिक प्रस्ताव खोल्ने सूचना जारी गरेको छ ।

प्रतिक्रिया

लेखकको बारेमा

अर्थलगानी