वि.सं. २०८२ असार ५, बिहीबार
+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

नेरुडे मिर्मिरे लघुवित्तको साधारणसभा तय, कस्ता छन् एजेण्डाहरु?

अर्थलगानी
२०८२ जेष्ठ १, बिहीबार

काठमाडौँ। नेरुडे मिर्मिरे लघुवित्त वित्तीय संस्था लिमिटेडको जेठ १० वार्षिक साधारण सभा बस्ने भएको छ । सभा होटल सारथी, धुलिखेल काभ्रेपलाञ्चोकमा बिहान ११ बजेदेखि सुरु हुनेछ ।

कम्पनीले यसपटक लाभांशसम्बन्धी कुनै पनि प्रस्ताव गरेको छैन । सभामा आर्थिक वर्ष २०८०–८१ सञ्चालक समितिको वार्षिक प्रतिवेदनमाथि छलफल गरी पारीत गर्ने, आव २०८०–८१ लेखा परिक्षण प्रतिवेदन, वासलात, अन्य वित्तीय विवरणहरु लगायतका संलग्न अनुसूचीहरु समेत पारित गर्ने प्रस्ताव छ ।

यसैगरी, कम्पनीले आव २०८१–२०८२ को लेखापरीक्षण समितिको सिफारिस बमोजिम बाह्य लेखापरिक्षक नियुक्ति गर्ने र निजको पारिश्रमिक निर्धारण गर्ने प्रस्तावहरु समेत पारित गर्ने तयारी गरेको छ ।

सभा प्रयोजनका लागि संस्थाले वैशाख २१ गते बुक क्लोज गरिसकेको छ । वैशाख २० गतेसम्म कायम रहेका सेयरधनीले सभामा भाग लिन सक्नेछन् ।

प्रतिक्रिया

लेखकको बारेमा

अर्थलगानी