वि.सं. २०८२ असार १७, मंगलवार
+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

निफ्राको ऋणपत्रमा आवेदन दिने समय थपियो

अर्थलगानी
२०८२ जेष्ठ २१, बुधबार

काठमाडौँ। नेपाल इन्फ्रास्ट्रक्चर बैंक (निफ्रा) को ऋणपत्रमा आवेदन दिने समय थप भएको छ। आजसम्म ऋणपत्रमा आवेदन दिने समय भएपनि एक दिन थप भएका कारण भोली २२ गतेसम्म आवेदन दिन सकिने कम्पनीले जनाएको छ । जेठ १८ गते भोटो जात्रा परेको र सरकारले उपत्यकामा सार्वजनिक विदा दिएका कारण आवेदन दिने समय थपिएको कम्पनीले जनाएको छ ।

निफ्राले जेठ १८ गतेदेखि प्रति एकाई १ हजार रुपैयाँका दरले ५ अर्ब रुपैयाँको ५० लाख एकाई ऋणपत्र निष्कासन गरेको छ । जसमा ३० लाख एकाई आफैले विभिन्न संघ संस्थालाई बिक्री गर्ने जनाएको छ ।

बाँकी २० लाख इकाईमा सर्वसाधारणले आवेदन दिन पाउनेछन् । १ लाख एकाई सामूहिक लगानी कोषका लागि छुट्याइएको छ । यसमा न्यूनतम २५ देखि अधिकतम १० लाख एकाईसम्म आवेदन दिन सकिनेछ ।

निफ्राले ७ वर्ष अवधिको ६ प्रतिशत निफ्रा उर्जा ऋणपत्र २०८८–८९’ नामको ऋणपत्र निष्कासन गरेको छ ।

यसमा वार्षिक ६ प्रतिशत ब्याज पाइने छ । यसको बिक्री प्रबन्धकमा एनआइएमबी एस क्यापिटल छ । आवेदन दिँदा सी–आस्वा सदस्य रहेका बैंक तथा वित्तीय संस्था र मेरो सेयर मार्फत दिन सकिने छ ।

प्रतिक्रिया

लेखकको बारेमा

अर्थलगानी