काठमाडौं । हिम स्टार उर्जा कम्पनी लिमिटेडले आउँदो जेठ ३० गतेदेखि आफ्नो प्रारम्भिक सार्वजनिक निष्कासन (आईपीओ) खुला गर्ने भएको छ। पहिलो चरणमा कम्पनीले आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दा र वैदेशिक रोजगारीमा रहेका नेपाली नागरिकलाई आईपीओ निष्कासन गर्न लागेको हो।
कम्पनीले कुल २ लाख ७९ हजार ७५० कित्ता सेयर बिक्रीमा ल्याउनेछ। यसमध्ये १ लाख ८६ हजार ५ सय कित्ता ओखलढुङ्गाको खिजीदेम्बा गाउँपालिका–८ र सोलुखुम्बुको लिखुपिके गाउँपालिका–२ का स्थानीयबासीका लागि छुट्याइएको छ। बाँकी ९३ हजार २५० कित्ता वैदेशिक रोजगारीमा रहेका नेपालीलाई लक्षित गरिनेछ।
न्यूनतम १० कित्ता र अधिकतम १० हजार कित्तासम्म आवेदन दिन पाइने व्यवस्था छ। स्थानीय बासिन्दाका लागि आवेदन अवधि असार १३ गतेसम्म अनिवार्य बन्द हुनेछ भने अन्तिम म्याद असार २९ गतेसम्म तोकिएको छ। वैदेशिक श्रमिकका लागि भने आवेदन जेठ १३ गते नै बन्द हुनेछ।
सेयर आवेदन सिटिजन्स बैंकका तोकिएको शाखा, महिला भवन, जनस्वास्थ्य भवन तथा अनलाइन प्रणाली ‘मेरो सेयर’बाट दिन सकिनेछ। एनआईसी एशिया क्यापिटलले आईपीओ बिक्री प्रबन्धकको भूमिका निर्वाह गर्नेछ।
कम्पनीले दोस्रो चरणमा सर्वसाधारणका लागि ९ लाख ३२ हजार ५ सय कित्ता सेयर जारी गर्ने योजना बनाएको छ।
लेखकको बारेमा

प्रतिक्रिया