काठमाडौँ। यूके र लिथुआनिया पठाइदिन्छु भन्दै ठगी गरेको आरोपमा तीन जना व्यक्तिहरू पक्राउ परेका छन्। काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरी टोलीले उनीहरूलाई पक्राउ गरेको हो।
पक्राउ पर्नेहरूमा धनुषा घर भई काठमाडौं महानगरपालिका–३२ बस्ने २६ वर्षीया सुजनी कुमारी साह, सुनसरी धरान घर भएका ३४ वर्षीय दीपक कुमार उदास, र भक्तपुर चाँगुनारायण नगरपालिका घर भएकी २३ वर्षीया रेशिका हमाल न्यौपाने रहेका छन्।
प्रहरीका अनुसार सुजनी कुमारी साहले यूके पठाइदिन्छु भन्दै एक जना पीडितबाट १७ लाख ४ हजार रुपैयाँ, दीपक कुमार उदासले यूके पठाइदिन्छु भन्दै एक जना पीडितबाट २ लाख ३४ हजार रुपैयाँ, र रेशिका हमाल न्यौपानेले लिथुआनिया पठाइदिन्छु भन्दै दुई जना पीडितबाट ६ लाख ८ हजार रुपैयाँ ठगी गरेको उजुरी परेको थियो।
उनीहरूविरुद्ध ठगी मुद्दा दर्ता गरिएको छ र थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
प्रतिक्रिया