वि.सं. २०८२ असार ५, बिहीबार
+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

बिहीबारदेखि देशभर ‘केटीएम होल नेपाल एक्सचेन्ज एण्ड फाइनान्स क्याम्प’ सुरु

अर्थलगानी
२०८२ असार ४, बुधबार

काठमाडौं । प्रिमियम मोटरसाइकल ब्रान्ड केटीएम ले ‘केटीएम होल नेपाल एक्सचेन्ज एण्ड फाइनान्स क्याम्प’ को घोषणा गरेको छ, जुन २०८२ असार ५ गते ९१९ जून २०२५० बिहीबारदेखि देशभरका सबै अधिकृत केटीएम शोरूमहरूमा सुरु हुँदैछ।

यस क्याम्पमार्फत ग्राहकहरूले आफ्नो पुरानो बाइक सजिलै एक्सचेन्ज गरी नयाँ केटीएम बाइक प्राप्त गर्न सक्नेछन्। साथै, फाइनान्स सुविधाको सहज पहुँचले केटीएम बाइकको स्वामित्वलाई अझ सुलभ र सरल बनाउने लक्ष्य राखिएको छ।

क्याम्प अन्तर्गत उपलब्ध सुविधाहरूः
पुरानो मोटरसाइकल एक्सचेन्ज गर्दा रु.१५,००० सम्मको बोनस

नागरिकताको आधारमा साधारण कागजी प्रक्रियाबाट एक्सचेन्ज

नयाँ केटीएम बाइकको खरिदमा निःशुल्क ब्रान्डेड हेल्मेट

लोकप्रिय मोडल केटीएम २५० ड्यूक अब रु। ७,१३,९०० मा उपलब्ध

ग्राहकहरूले आगामी आर्थिक वर्षसम्मको कर तिर्नुपर्ने झन्झटबाट पनि मुक्ति

यो सीमित अवधिका लागि मात्र लागू हुने विशेष क्याम्प सम्पूर्ण नेपालभर लागू गरिनेछ। इच्छुक ग्राहकहरूलाई नजिकको अधिकृत केटीएम शोरूममा शीघ्र सम्पर्क गर्न अनुरोध गरिएको छ।

फाइनान्स सेवा पार्टनर बैंकहरूमार्फत प्रदान गरिनेछ।

प्रतिक्रिया

लेखकको बारेमा

अर्थलगानी