काठमाडौँ। युनाइटेड अजोड इन्स्योरेन्स कम्पनी लिमिटेडले लाभांश घोषणा गरेको छ । असार ४ गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले गत आव २०८०–८१ का लागि लाभांश घोषणा गरेको हो ।
बैठकले उक्त आवको वितरणयोग्य मुनाफाबाट हाल कायम चुक्तापूँजी २ अर्ब १० करोड रुपैयाँको १० प्रतिशत बोनस सेयर र ०.५२६३ प्रतिशत नगद लाभांश (कर प्रयोजनका लागि) गरी कुल १०.५२६३ प्रतिशत लाभांश प्रदान गर्ने निर्णय गरेको छ।
कम्पनीद्वारा प्रस्तावित लाभांश नेपाल बीममा प्राधिकरणबाट स्वीकृत भएपश्चात कम्पनीको आगामी साधारण सभाबाट अनुमोदन गरी वितरण गरिनेछ ।
प्रतिक्रिया