काठमाडौं | साताको पहिलो दिन आइतबार सुनको मूल्यमा ५०० रुपैयाँको वृद्धि भएको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला १ लाख ९५ हजार २०० रुपैयाँमा कारोबार भइरहेको छ।
गत शुक्रबारको तुलनामा सुनको मूल्यमा उल्लेखनीय वृद्धि देखिएको हो। शुक्रबार सुनको मूल्य प्रतितोला १ लाख ९४ हजार ७०० रुपैयाँ थियो।
चाँदीको मूल्यमा पनि वृद्धि
सुनसँगै चाँदीको मूल्य पनि प्रतितोला १० रुपैयाँले वृद्धि भएको छ। आज चाँदी प्रतितोला २ हजार १६० रुपैयाँमा कारोबार भइरहेको छ।
शुक्रबार चाँदीको मूल्य २ हजार १५० रुपैयाँ थियो।
प्रतिक्रिया