काठमाडौँ | प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले शमशेर पराजुलीलाई सञ्चालकमा नियुक्त गरेको छ। असार ६ गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले सर्वसाधारण सेयरधनीको तर्फबाट रिक्त रहेको सञ्चालक पदमा उनलाई नियुक्त गर्ने निर्णय गरेको हो।
पराजुलीले यसअघि सो पदमा कार्यरत शंकर गौतलको स्थान लिएका हुन्, जसले लिबर्टी होल्डिङ्सको तर्फबाट कम्पनीको सञ्चालक समितिमा प्रतिनिधित्व गर्दै आएका थिए। गौतललाई फिर्ता बोलाइएपछि उक्त पद रिक्त रहेको थियो।
सञ्चालक समितिको पुनःगठनसँगै कम्पनीले सर्वसाधारण सेयरधनीहरूको प्रतिनिधित्व थप सशक्त बनाउने विश्वास व्यक्त गरेको छ।
प्रतिक्रिया