वि.सं. २०८२ असार ९, सोमबार
+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

एशियन लाइफ इन्स्योरेन्सको १७औं वार्षिक साधारण सभा असार ३० गते

अर्थलगानी
२०८२ असार ९, सोमबार

काठमाडौं ।एशियन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले आगामी असार ३० गते (१७औं वार्षिक साधारण सभा) आयोजना गर्ने घोषणा गरेको छ। कम्पनीले सभा काठमाडौंस्थित आफ्नै केन्द्रीय कार्यालयमा बिहान ११ बजेका लागि बोलाएको हो।

साधारण सभामा आर्थिक वर्ष २०७९/८० को नाफाबाट प्रस्तावित ५.१० प्रतिशत बोनस सेयर र ०.२६८४ प्रतिशत नगद लाभांश पारित गर्ने प्रस्ताव मुख्य एजेन्डा रहनेछ। कम्पनीले यसअघिनै सञ्चालक समितिबाट स्वीकृत लाभांश प्रस्ताव साधारण सभाबाट अनुमोदन गराउने तयारी गरेको हो।

सञ्चालक निर्वाचन र लेखापरीक्षक नियुक्तिको प्रस्ताव

सभामा संस्थापक शेयरधनीहरूबाट ३ जना र सर्वसाधारण तर्फबाट २ जना सञ्चालक निर्वाचन गर्नेछ भने १ जना स्वतन्त्र सञ्चालक मनोनयनको प्रस्ताव पनि रहेको कम्पनीले जनाएको छ।

यसका साथै, कम्पनीको प्रबन्धपत्र तथा नियमावली संशोधनका लागि सञ्चालक समितिलाई अधिकार प्रदान गर्ने, र चालु आर्थिक वर्षका लागि लेखापरीक्षक नियुक्ति तथा पारिश्रमिक निर्धारणको प्रस्ताव पनि पेश गरिनेछ।

बुक क्लोज असार २० गते

साधारण सभा तथा लाभांश वितरण प्रयोजनका लागि कम्पनीले असार २० गते एक दिनका लागि बुक क्लोज गर्ने निर्णय गरेको छ। सो अनुसार, असार १९ गतेसम्म कायम सेयरधनीहरू मात्र सभामा सहभागिता जनाउन र लाभांश प्राप्त गर्न योग्य हुनेछन्।

एशियन लाइफ इन्स्योरेन्सले विगतका वर्षहरूमा नियमित लाभांश वितरण गर्दै आइरहेको छ र यसपटक पनि बोनस र नगद लाभांशको सन्तुलित संयोजन प्रस्ताव गरिएको छ। साथै, आगामी रणनीति तय गर्नका लागि यो सभा महत्वपूर्ण ठानिएको छ।

प्रतिक्रिया

लेखकको बारेमा

अर्थलगानी