काठमाडौं ।फरवार्ड माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्थाले ३ लाख ६२ हजार कित्ता संस्थापक सेयर बिक्री खुला गरेको छ।
उक्त सेयरहरू ‘ग्रामीण महिला उत्सुकता विकास मञ्च’ को नाममा रहेका हुन्, जसलाई संस्थाले बिक्री प्रक्रियामा ल्याएको हो।
यसअघि विद्यमान संस्थापक सेयरधनीलाई ३५ दिने सूचना दिइएको थियो। तर तोकिएको समयसीमाभित्र कुनै आवेदन नपरेपछि अब अन्य व्यक्ति तथा संस्थाहरूले पनि सेयर खरिदका लागि आवेदन दिन सक्ने व्यवस्था गरिएको हो।
इच्छुक लगानीकर्ताले आगामी असार १५ गतेभित्र आवेदन दिन सक्नेछन्। सेयर खरिदको लागि काठमाडौंको बालुवाटारस्थित एनएमबि क्यापिटल लिमिटेडमा सम्पर्क गर्न सकिने जनाइएको छ।
प्रतिक्रिया