काठमाडौँ। आज शुक्रबार छापावाल सुनको मूल्य २९ सय रूपैयाँले घटेको छ। बिहीबार, छापावाल सुनको मूल्य प्रतितोला १ लाख ९२ हजार ३ सय रूपैयाँ कायम भएकोमा आज २ हजार ९ सय रूपैयाँले घटेर १ लाख ८९ हजार ४ सय रूपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
त्यस्तै, बिहीबार चाँदीको मूल्य प्रतितोला २ हजार १७५ रूपैयाँ कायम भएकोमा आज १० रूपैयाँले घटेर २ हजार १६५ रूपैयाँ कायम भएको छ ।
प्रतिक्रिया