वि.सं. २०८२ असार १३, शुक्रबार
+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

नबिल बैंकले पायो ऋणपत्र निष्कासनको अनुमति

अर्थलगानी
२०८२ असार १३, शुक्रबार

काठमाडौँ। नबिल बैंक लिमिटेडले नेपाल धितोपत्र बोर्डबाट ऋणपत्र निष्कासनका लागि अनुमति पाएको छ । बोर्डले असार १२ गते बैंकलाई ८ वर्षे अवधिको ७ प्रतिशत ब्याजदर रहेको उक्त ऋणपत्र निष्कासनका लागि अनुमति दिएको हो।

बैंकले ७ प्रतिशत ब्याजदर उल्लेखित नबिल डिबेञ्चर २०८९ नामको ऋणपत्र निष्कासनका लागि २०८१ साल असार १४ गते आवेदन दिएको थियो । आवेदन दिएको एक वर्षमा बैंकले अनुमति पाएको हो ।

यो सँगै बेंकले ३ अर्ब रुपैयाँ बराबरको ३० लाख कित्ता ऋणपत्र निष्कासन गर्ने भएको छ । कुल कित्ता ऋणपत्रमध्ये बैंकले १८ लाख कित्ता व्यक्तिगत तवरबाट विभिन्न व्यक्ति तथा संस्थामा विक्री गर्नेछ भने १२ लाख कित्ता थप सर्वसाधारणमा सार्वजनिक निष्कासन गर्नेछ ।

यो ऋणपत्र निष्कासन तथा विक्री प्रबन्धकमा नेपाल एसबिआई मर्चेन्ट बैंकिङ लिमिटेड रहेको छ । प्रतिकित्ता १ हजार रुपैयाँ अंकित मूल्यमा बैंकले यी ऋणपत्र निष्कासन गर्नेछ ।

प्रतिक्रिया

लेखकको बारेमा

अर्थलगानी