वि.सं. २०८२ असार १७, मंगलवार
+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

दुई ब्रोकर कम्पनीलाई धितोपत्र बोर्डले तिरायो जरिवानाबापत् ५/५ हजार

अर्थलगानी
२०८२ असार १६, सोमबार

काठमाडौँ। नेपाल धितोपत्र बोर्डले दुईवटा ब्रोकर कम्पनीलाई कारबाहि गरेको छ। बोर्डले एप्पल सेक्युरिटिज र बेनी सेक्युरिटिजलाई कारवाहि गरेको हो।
दुईवटै ब्रोकरलाई धितोपत्रसम्बन्धी ऐन, २०६३ को दफा ८२ को उपदफा (१) र (२) बमोजिम तोकिएको समयभित्र आर्थिक वर्ष २०८०–८१ को लेखापरीक्षण भएको वित्तीय विवरण तथा आर्थिक विवरण बोर्डमा पेस नगरेकोले धितोपत्रसम्बन्धी ऐन, २०६३ को दफा ८२ को उपदफा (२) बमोजिम ५ हजार रुपैयाँ आर्थिक जरिवाना गरेको जनाएको छ ।

सेबोनले बेनी सेक्युरिटिजलाई धितोपत्रसम्बन्धी ऐन, २०६३ को दफा ८२ को उपदफा (१ं) र (२) बमोजिम तोकिएको समयभित्र आर्थिक वर्ष २०८०–८१ को लेखापरीक्षण भएको वित्तीय विवरण तथा आर्थिक विवरण बोर्डमा पेस नगरेकोले भन्दै कारबाही गरेको हो भने बेनी सेक्युरिटिजलाई धितोपत्रसम्बन्धी ऐन, २०६३ को दफा ८२ को उपदफा (२) बमोजिम ५ हजार आर्थिक जरिवाना गरेको जनाएको छ ।

प्रतिक्रिया

लेखकको बारेमा

अर्थलगानी