वि.सं. २०८२ असार १८, बुधबार
+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

नेपाल बैंक र लेट मिइनप्रा.लि. बिच सम्झौता

अर्थलगानी
२०८२ असार १७, मंगलवार

काठमाडौँ। नेपाल बैंक लिमिटेडमा कार्यरत कर्मचारीहरु र बैंकमा खाता रहेका ग्राहकहरूलाई काठमाडौं, नयाँबानेश्वर अवस्थित लेट मिइनप्रा.लि.मा उपचार गर्दा लाग्ने शुल्कमा विशेष छुट मिल्ने भएको छ।

लेट मिइन प्रालि र बैंकबिच असार १६ गते सो सम्बन्धमा सम्झौता भएको छ। सो सम्झौता बमोजिम लेट मिइनप्रा.लि. को कोरियन प्रविधिबाट प्रदान गरिने विविध एस्थेटिक्स सम्बन्धि सेवाहरुमा लाग्ने शुल्कहरुमा नेपाल बैंक लिमिटेडमा कार्यरत कर्मचारीहरू र ग्राहकहरूले विभिन्न उपचार सेवामा ८ देखि १५ प्रतिशतसम्मछुट पाउने भएका छन् ।
सम्झौतापत्रमा बैकको तर्फबाट सहायक प्रमुख कार्यकारी अधिकृत प्रकाश कुमार अधिकारीर लेट मिइनप्रा.लि. को तर्फबाट प्रबन्धनिर्देशक डोङ्ग सुमाले हस्ताक्षर गरेका छन्।

 

प्रतिक्रिया

लेखकको बारेमा

अर्थलगानी