काठमाडौं । नयाँ ब्रोकरहरुलाई नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ले प्रमाणपत्र (सदस्यता) दिएको छ । धितोपत्र बोर्डले अनुमति दिएका कम्पनीहरुलाई नेप्सले पनि आवश्यक प्रक्रिया पूरा गरेर संचालन अनुमति दिएको हो ।
नेप्सेको बिहिबार बसको संचालक समितिको बैठकले सबै प्रक्रिया पूरा गरी आवेदन दिएका ७ वटा ब्रोकर कम्पनीहरुलाई सञ्चालन अनुमति दिएको हो । अब कारोबार सञ्चालन सुरु गर्नेछन् ।
जेठ ८ गते पहिलो चरणमा लाइसेन्स पाएका ७ ब्रोकरले सदस्यता पाएका हुन् । जसमा भोले गणेश सेक्युरिटिज लिमिटेड, क्यापिटल म्याक्स सेक्युरिटिज लिमिटेड, हिमालय ब्रोकरेज लिमिटेड, सन सेन्युरिटिज प्रा.लि., मियो सेक्युरिटिज प्र.लि., शेयरप्रो सेक्युरिटिज प्रा.ली. प्रोपर्टी विजार्ड लिमिटेडले रहेका छन् ।
बोर्डले दोस्रो चरणमा ११ कम्पनी लाइसेन्स दिएको छ । एलिट स्टक हाउस लि., इन्फिनिटी सेक्युरिटिज लि, इन्डेक्स सेक्यूरिटिज लि., शुभकामना सेक्यूरिटिज प्रा. लि., मेघा स्टक मार्केट्स लि., हातेमालो फाइनान्सियल सर्भिसेस प्रा. लि, मनि वर्ल्ड शेयर एक्सचेन्ज प्रा. लि., माछापुच्छ्रे, सेक्युरिटिज लि., के.वि. एल. सेक्यूरिटिज लि, कलश स्टक मार्केट प्रा. लि, र नबिल सेक्युरिटिज लि रहेका छन् । यी मध्ये नबिल सेक्युरिटिज धितोपत्र ब्यापारी लाइसेन्स दिएको छ । यीनीहरुले नेप्सेमा सदस्यका लागि आवेदन दिने प्रक्रियामा छन् ।
प्रतिक्रिया