काठमाडौं । भारतले पेट्रोलियम पदार्थको नयाँ मूल्यसूची पठाएको छ ।
नेपाल आयल निगमलाई प्राप्त जानकारी अनुसार निगमले आगामी १५ दिनमा ५ अर्ब २१ करोड रुपैयाँ घाटा हुने जनाएको छ ।
नयाँ मूल्यसूचीअनुसार डिजेलमा ०.०२ पैसा, मट्टितेलमा २२.१९ रुपैयाँ, हवाइ ईन्धनमा ४.२३ रुपैयाँ बढेको छ । त्यस्तै, पेट्रोलको मूल्य भने १ रुपैयाँ ४८ पैसा घटेर आएको निगमले जनाएको को छ ।
त्यस्तै, नयाँ मूल्यसूचीअनुसार एलपी ग्यासमा प्रति सिलिन्डर २७३ रुपैयाँ ३८ पैसा मूल्य बढेको छ । त्यसअनुसार प्रतिसिलिण्डर ग्यासमा निगमलाई ९५३ रुपैयाँ ६६ पैसा घाटा हुने छ ।
प्रतिक्रिया