काठमाडौँ। आज बुधबार सुनचाँदीको भाउ बढेको छ। मंगलबार प्रतितोला १ लाख ११ हजार ३ सय रुपैयाँमा कारोबार भएको छापावाल सुन आज तोलामा ३ सय रुपैयाँले बढेर १ लाख ११ हजार ६ सय रुपैयाँ नै कारोबार भइरहेको छ।
आज तेजावी सुन पनि तोलामा ३ सयले बढेर प्रतितोला १ लाख ११ हजार ५० रुपैयाँमा कारोबार भइरहेको छ। चाँदीको भाउ पनि तोलामा ५ रुपैयाँले बढेर प्रतितोला १ हजार ४ सयमा किनबेच भइरहेको छ।
प्रतिक्रिया