वि.सं. २०८२ असार ६, शुक्रबार
+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

मारुती सिमेन्टका सञ्चालकलाई पक्राउ गरिएकोमा संघको आपत्ति, ‘उजुरीकै भरमा पक्राउ गर्न पाईँदैन’

अर्थलगानी
२०८० श्रावण २, मंगलवार

काठमाडौँ। नेपाल सिमेन्ट उत्पादक संघले मारुती सिमेन्ट उद्योगका सञ्चालकलाई पक्राउ गरिएको प्रति आपत्ति जनाएको छ। संघले एक विज्ञप्ति जारी गर्दै बिनाअनुसन्धान उजुरीकै आधारमा पक्राउ गरिनु अस्वभाविक भएको जनाएको हो।

कुनै व्यक्तिले घर बनाउँदा बनाउँदै भत्किएको घटनामाथि थप अनुसन्धान नगरी उजुरीकै आधारमा पक्राउ पूर्जी जारी गरिनु अस्विकार्य रहेको संघले जनाएको छ।

सोही उजुरीका आधारमा उद्योगका सञ्चालकसहित दुई दर्जन व्यक्तिविरुद्ध पक्राउ पुर्जी जारी भएको थियो। प्रहरीले सोही घटनामा कम्पनीका बिजेनस डाइरेक्टर ज्योति शर्मालाई पक्राउ गरेको छ।

कुनै व्यक्तिले विषयलाई अन्यत्र मोडेर निहित स्वार्थको लागि दिएको उजुरीको आधारमा अर्बौंको लगानी गर्ने करोडौं राजस्व र हजारौंलाई रोजगारी दिने उद्यमी व्यवसायीलाई थुन्ने तथा पक्राउ पुर्जी जारी गर्ने जस्ता कार्य गर्नु समग्र औद्योगिक वातावरणमा नकारात्मक असर पर्ने संघको दाबी छ।

गुणस्तरसम्बन्धी विषयमा आकर्षित हुने कारबाही सम्बन्धित ऐन नियम अनुसार नै हुनुपर्ने कानुनी व्यवस्थालाई विषयान्तर गरी ठगी (अपराधिक) मुद्दा दर्ता गरी पक्राउ पुर्जी जारी गरिनु उद्योगीलाई पक्राउ गर्ने जस्ता क्रियाकलापले लगानीकर्ता हतोत्साही हुने र यस्ता क्रियाकलापवाट देशलाई फाइदा नहुने संघको भनाई छ।

पूर्वाधार निर्माणमा सिमेन्टको मात्रै भूमिका नहुने भन्दै अन्य निर्माण सामग्रीको प्रयोगलगायत प्रविधिक विषयमा अनुसन्धान नगरी एकपक्षीय रूपमा उद्योगीलाई निसाना बनाइएको संघको भनाइ छ।

मारूती सिमेन्टका प्रमुख सञ्चालक नन्दकिशोर, प्रबन्ध निर्देशक उनका छोरा अनुज, उद्योगका प्रतिनिधि लक्ष्मीप्रसाद सिवाकोटी, डिलर सञ्जय साह, सिमेन्ट बिक्री गर्ने नरेश साह र अजयकुमार साह पक्राउ परेका हुन।

सप्तरीको राजविराज नगरपालिका४ का दिवाकर साहले गत चैतमा घर बनाउँदा मारूती सिमेन्ट प्रयोग गरेको तर ढलान नै भत्किएको भन्दै साहले उनीहरूविरूद्ध जाहेरी दिएका थिए ।

प्रतिक्रिया

लेखकको बारेमा

अर्थलगानी

काठमाडौँ। नेपाल सिमेन्ट उत्पादक संघले मारुती सिमेन्ट उद्योगका सञ्चालकलाई पक्राउ गरिएको प्रति आपत्ति जनाएको छ। संघले एक विज्ञप्ति जारी गर्दै बिनाअनुसन्धान उजुरीकै आधारमा पक्राउ गरिनु अस्वभाविक भएको जनाएको हो। कुनै व्यक्तिले घर बनाउँदा बनाउँदै भत्किएको घटनामाथि थप अनुसन्धान नगरी उजुरीकै आधारमा पक्राउ पूर्जी जारी गरिनु अस्विकार्य रहेको संघले जनाएको छ। सोही उजुरीका आधारमा उद्योगका सञ्चालकसहित दुई दर्जन व्यक्तिविरुद्ध पक्राउ पुर्जी जारी भएको थियो। प्रहरीले सोही घटनामा कम्पनीका बिजेनस डाइरेक्टर ज्योति शर्मालाई पक्राउ गरेको छ। कुनै व्यक्तिले विषयलाई अन्यत्र मोडेर निहित स्वार्थको लागि दिएको उजुरीको आधारमा अर्बौंको लगानी गर्ने करोडौं राजस्व र हजारौंलाई रोजगारी दिने उद्यमी व्यवसायीलाई थुन्ने तथा पक्राउ पुर्जी जारी गर्ने जस्ता कार्य गर्नु समग्र औद्योगिक वातावरणमा नकारात्मक असर पर्ने संघको दाबी छ। गुणस्तरसम्बन्धी विषयमा आकर्षित हुने कारबाही सम्बन्धित ऐन नियम अनुसार नै हुनुपर्ने कानुनी व्यवस्थालाई विषयान्तर गरी ठगी (अपराधिक) मुद्दा दर्ता गरी पक्राउ पुर्जी जारी गरिनु उद्योगीलाई पक्राउ गर्ने जस्ता क्रियाकलापले लगानीकर्ता हतोत्साही हुने र यस्ता क्रियाकलापवाट देशलाई फाइदा नहुने संघको भनाई छ। पूर्वाधार निर्माणमा सिमेन्टको मात्रै भूमिका नहुने भन्दै अन्य निर्माण सामग्रीको प्रयोगलगायत प्रविधिक विषयमा अनुसन्धान नगरी एकपक्षीय रूपमा उद्योगीलाई निसाना बनाइएको संघको भनाइ छ। मारूती सिमेन्टका प्रमुख सञ्चालक नन्दकिशोर, प्रबन्ध निर्देशक उनका छोरा अनुज, उद्योगका प्रतिनिधि लक्ष्मीप्रसाद सिवाकोटी, डिलर सञ्जय साह, सिमेन्ट बिक्री गर्ने नरेश साह र अजयकुमार साह पक्राउ परेका हुन। सप्तरीको राजविराज नगरपालिका४ का दिवाकर साहले गत चैतमा घर बनाउँदा मारूती सिमेन्ट प्रयोग गरेको तर ढलान नै भत्किएको भन्दै साहले उनीहरूविरूद्ध जाहेरी दिएका थिए ।