काठमाडौँ। आरएसडिसी लघुवित्तले गत आर्थिक वर्ष २०७९–८० को चौथो त्रैमासको वित्तीय विवरण सार्वजनिक गरेको छ। सार्वजनिक गरिएको वित्तीय विवरण अनुसार यो वर्ष कम्पनीको नाफा ५.७१ प्रतिशतले वृद्धि भएको छ ।
२०७९–८० को चौथो त्रैमाससम्ममा ११ करोड १६ लाख खुद नाफा कमाएको छ। जवकी गत आर्थिक वर्ष ७८–७९ मा १० करोड ५६ लाख नाफा कमाएको थियो।
कम्पनीले आर्थिक वर्ष कम्पनीको खुद ब्याज आम्दानी १९ दशमलव २१ प्रतिशतले वृद्धि हुँदै २८ करोड ४९ लाख पुगेको छ ।
गत आर्थिक वर्षको चौथो त्रैमाससम्म कम्पनीको वितरणयोग्य मुनाफा ८ करोड ८ लाख रहेको छ। यसको आधारमा आर्थिक वर्ष ७९–८०को वितरणयोग्य नाफाबाट कम्पनीको लाभांश दिने क्षमता ९ दशमलव २९ प्रतिशत रहेको छ ।
८६ करोड ९५ लाख चुक्ता पूँजी भएको कम्पनीको जगेडामा ११ करोड ५५ लाख र रिटेण्ड अर्निङ्ग्समा ८ करोड ८४ लाख रहेको छ ।
प्रकाशित विवरण अनुसार कम्पनीको प्रति शेयर आम्दानी १२ रुपैयाँ ८४ पैसा र प्रति शेयर नेट्वर्थ १२३ रुपैयाँ ४६ पैसा छ।
लुघुवित्त विरुद्ध विभिन्न आन्दोलन सञ्चालन, मुलुकमा आर्थिक मन्दीको संकेत देखिएपनि कम्पनीको लोनलस प्रभोजिन गत आर्थिक वर्षको चौथो त्रैमासमा भन्दा घटेको छ। समिक्षा अवधिमा लघुवित्तले कुल लोनको २७१.५६ प्रतिशत प्रोभिजन गरेको छ। जबकी गत आर्थिक वर्षको सोही अवधिमा ३०४ प्रतिशत भन्दा बढी प्रोभिजन गरेको थियो। प्रोभिजनिङ प्रतिशत घटेपनि यता खराब कर्जा भने बढेको छ। यो वर्ष खराब कर्जा १.२२ पुगेको छ जबकी गत वर्ष ०.४९ प्रतिशत मात्रै थियो।
प्रतिक्रिया