वि.सं. २०८२ असार ६, शुक्रबार
+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

हिमालयन लाइफ इन्स्योरेन्स कर्मचारी संघको अध्यक्षमा खड्का निर्विरोध

अर्थलगानी
२०८० श्रावण ७, आईतवार

काठमाडौं । हिमालयन लाइफ इन्स्योरेन्स कम्पनीको कर्मचारी संघको अध्यक्षमा हरि बहादुर खड्का निर्विरोध चयन भएका छन् ।

संघको विशेष अधिवेशनबाट खड्का अध्यक्ष पदमा निर्विरोध निर्वाचित भएका हुन् । अधिवेशनले २१ सदस्यीय संघ गठन गरेको हो ।

समितिको वरिष्ठ उपाध्यक्षमा रुद्र तामाङ, उपाध्यक्षमा उमेश खत्री, उपाध्यक्षमा सेवक राय, महासचिवमा उद्धव विडारी,, सचिव दिपक रेग्मी, कोषाध्यक्ष सुभाष पौडल र सहकोषाध्यक्षमा देवकी कार्की चयन भएका छन् ।

हिमालयन लाइफ साविकको युनियन, गुराँस र प्राइम लाइफ एक आपसमा गाभिएर बनेको कम्पनी हो । यी तीन कम्पनीले गत बैशाख २६ गतेदेखि एकीकृत कारोबार थालनी गरेका हुन् । मर्जपछि नै कर्मचारीहरुले संघ गठन गरेका हुन् ।

प्रतिक्रिया

लेखकको बारेमा

अर्थलगानी

काठमाडौं । हिमालयन लाइफ इन्स्योरेन्स कम्पनीको कर्मचारी संघको अध्यक्षमा हरि बहादुर खड्का निर्विरोध चयन भएका छन् । संघको विशेष अधिवेशनबाट खड्का अध्यक्ष पदमा निर्विरोध निर्वाचित भएका हुन् । अधिवेशनले २१ सदस्यीय संघ गठन गरेको हो । समितिको वरिष्ठ उपाध्यक्षमा रुद्र तामाङ, उपाध्यक्षमा उमेश खत्री, उपाध्यक्षमा सेवक राय, महासचिवमा उद्धव विडारी,, सचिव दिपक रेग्मी, कोषाध्यक्ष सुभाष पौडल र सहकोषाध्यक्षमा देवकी कार्की चयन भएका छन् । हिमालयन लाइफ साविकको युनियन, गुराँस र प्राइम लाइफ एक आपसमा गाभिएर बनेको कम्पनी हो । यी तीन कम्पनीले गत बैशाख २६ गतेदेखि एकीकृत कारोबार थालनी गरेका हुन् । मर्जपछि नै कर्मचारीहरुले संघ गठन गरेका हुन् ।