काठमाडौँ। आज आइतबार सुनचाँदीको मूल्य बढेको छ। शुक्रबार प्रतितोला १ लाख १२ हजार ६ सयमा कारोबार भएको छापावाल सुन आज तोलामा ३ सय रुपैयाँले बढेर प्रति तोला १ लाख १२ हजार ९ सय रुपैयाँमा कारोबार भईरहेको हो।
आज तेजावी सुन पनि तोलामा ३ सयले बढेर प्रतितोला १ लाख १२ हजार ३ सय ५० रुपैयाँमा कारोबार भइरहेको छ। आज चाँदी तोलामा ५ रुपैयाँले बढेर प्रतितोला १ हजार ४ सय ५५ रुपैयाँमा कारोबार भइरहेको छ ।
प्रतिक्रिया