वि.सं. २०८२ असार ६, शुक्रबार
+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

सिबिफिनले गर्याे मौलिक उत्पादन सम्बन्धी अध्ययन पुस्तक सार्वजनिक

अर्थलगानी
२०८० श्रावण १७, बुधबार

काठमाडौं । बैंक तथा वित्तीय संस्था परिसंघ नेपाल (सिबिफिन) र फेडेरेशन अफ नेपाल एक्पोटर्स एसोसिएशनले संयुक्त रुपमा मौलिक उत्पादन सम्बन्धी अध्ययन पुस्तक ‘अर्थतन्त्र र निर्यात संभावनाका क्षेत्रहरु’ सार्वजनीक गरेको छ। नेपाली मौलिक उत्पादनहरुको वर्तमान अवस्था, अन्तर्राष्ट्रिय माग एवं आपूर्तिको स्थिति, उत्पादकत्व वृद्धिको प्रचुर संभावना र निर्यात प्रवद्र्धनमार्फत अर्थतन्त्रको दिगो विकास र आत्मनिर्भर अर्थतन्त्रको निर्माणमा पुग्न सक्ने योगदानका विषयमा लामो अध्ययन तथा विश्लेषणसहितको पुस्तक सार्वजनीक गरिएको हो।

बैंक तथा वित्तीय संस्था परिसंघ नेपाल (सिबिफिन)ले श्रावण १५ गते एक कार्यक्रम आयोजना गर्दै मुख्य सचिव डा. बैकुण्ठ अर्याल, परराष्ट्र सचिव भरतराज पौड्याल, उद्योग वाणिज्य तथा आपूर्ति सचिव मधुकुमार मरासिनी, राष्ट्रिय योजना आयोगका सदस्य डा. रमेशचन्द्र पौडेल, सिबिफिनका अध्यक्ष पवन गोल्याण, नेपाल उद्योग वाणिज्य महासंघकी पूर्वअध्यक्ष भवानी राणा, नेपाल चेम्बर अफ कमर्शका उपाध्यक्ष कमलेशकुमार अग्रवालले पुस्तक विमोचन गरेका हुन।

उक्त पुस्तकका लेखकहरु डा. गोपाल प्रसाद तिवारी, उत्तम गौतम र कृष्णराज बजगाँई रहेका छन। विमोचन कार्यक्रममा सिबिफिनले नेपाली मौलिक उत्पादनहरुको विषयमा अध्ययन गर्नुको कारण र औचित्यबारे प्रकाश पारेका थिए।

अध्यक्ष गोल्याणले बैंक तथा वित्तीय संस्थाहरुबाट जोखिमयुक्त एवं अनुत्पादक क्षेत्रमा भइरहेको लगानीलाई सुरक्षित र उत्पादनमुलक क्षेत्रमा केन्द्रित गराउन जरुरी देखिएको उल्लेख गर्दै आन्तरिक बजारमा बढ्दो माग भएका र वाह्य बजारमा निर्यात वृद्धिको प्रचुर सम्भावना भएका स्वदेशी कच्चा पदार्थमा आधारित कृषि तथा वनपैदावार लगायतका १० वटा वस्तुहरुको १० वर्षे तथ्यांक केलाएर अध्ययन गरिएको बताउनुभयो । पुस्तकले समग्र उद्यमी÷व्यवसायीहरुको स्तरोन्नतिको मार्ग पहिल्याउनुका साथै दिगो र आत्मनिर्भर अर्थतन्त्रको निर्माणका लागि मार्गनिर्देश समेत गरेको उहाँको भनाई थियो । अध्यक्ष गोल्यानले कृषि तथा वन पैदावारलगायतका क्षेत्रमा अथाह सम्भावना भए पनि त्यसको समुचित प्रयोग हुन नसकेको उदाहरण दिँदै विशेषगरी साना साना तथा घरेलु उद्योगहरु, कृषि, वनपैदावर जस्ता बढी मूल्य अभिवृद्धि गर्ने, रोजगारी सिर्जना गर्ने उद्योगहरुलाई सरकारले प्रोत्साहन गर्र्नुपर्नेमा विशेष जोड दिए।

विभिन्न देशहरुका लागि प्रस्तावित राजदुतहरु र परराष्ट्र सचिवतर्फ इंगित गर्दै अध्यक्ष गोल्याणले नेपाली उत्पादनहरुको प्रवद्र्धन र विश्वबजारीकरण लागि विदेशमा रहेका नेपालका राजदूतहरुले विशेष ब्राण्ड एम्बासडर भएर काम गर्न आग्रह समेत गरे।

मुख्यसचिव डा.वैकुण्ठ अर्यालले सिबिफिन र एफएनईएले तयार गरेको उक्त पुस्तकले नेपाली उत्पादनहरुको वस्तुनिष्ठ अवस्थाको उजागर गर्दै निजी क्षेत्र र नेपाल सरकारका लागि चुनौती र संभावना दुवै औल्याइ दिएको बताउनु भयो । आत्मनिर्भर अर्थतन्त्र निर्माणका लागि सरकार र निजी क्षेत्रबीचको सहकार्य जरुरी रहेको बताउँदै उहाँले नेपाली उत्पादनहरुको प्रवद्र्धन तथा उपयोगलाई प्रश्रय दिँदै निर्यातलाई बढावा दिनुपर्ने उल्लेख गरे। त्यसैगरी उनले मुलुकले निर्यातजन्य वस्तु उत्पादनमा जोड दिनसके बजारीकरणको समस्या नहुने उल्लेख उत्पादकत्व वृद्धि र निर्यात प्रवद्र्धनका लागि देखिएका नीतिगत र व्यवहारिक कठिनाइहरुको सुधार गर्न नेपाल सरकारले आवश्यक सहजीकरण र पहलकद्मी लिने बताए।

परराष्ट्र मन्त्रालयका सचिव भरतराज पौडेलले नेपालमा उत्पादित वस्तुलाई निर्यात गर्नका लागि पुस्तक मार्गदर्शन हुने उल्लेख गर्दै निर्यातजन्य वस्तुको उच्च गुणस्तर कायम गर्न र प्रमाणीकरण गर्न सरकारकोतर्फबाट पनि आवश्यक पूर्वाधारहरुको विकास गर्नुपर्ने बताउँदै त्यस विषयमा ध्यान पु¥याउन आम व्यवसायीलाई आग्रह गर्नुभयो । उहाँले विदेशस्थित नेपाली नियोगमार्फत निर्यात प्रवद्र्धन गर्न सकिने उल्लेख गर्दै त्यसमा परराष्ट्र मन्त्रालयले आवश्यक सहजीकरण गर्ने बताए।

उद्योग, वाणिज्य तथा आपूर्ति सचिव मधु कुमार मरासिनीले सिबिफिनले सरकार र अन्य क्षेत्रले भन्दा एक कदम अगाडि बढेर आम उद्यमी÷व्यवसायी र राष्ट्रको हित हुने गरी बहुपयोगी पुस्तक तयार गरेका बताउँदै, नेपालको उर्वरशील भूमि र प्राकृतिक स्रोतहरुको उचित प्रयोग र परिचालन नगरी राष्ट्रको आर्थिक उन्नति नहुने बताए।

हामीसँग जे छ त्यो उपयोग गरौ, जे सम्भव छ त्यो उत्पादन गरौ भन्दै सचिव मरासिनीले संभावनाका क्षेत्रहरुको उजागर, पहिचान र परिचालन गर्नुपर्नेमा उहाँले जोड दिए। विश्वबजारमा अत्यधिक माग भएका नेपाली उत्पादनहरुको निकासी गर्ने कार्यमा संभव भएका सबै कार्यहरुमा सहजीकरण गर्न मन्त्रालय तयार गरेको समेत उनले स्पष्ट पारे।

राष्ट्रिय योजना आयोगका सदस्य माननीय डा. रमेशचन्द्र पौडेलले अध्ययन पुस्तकले औल्याएका तथ्य–तथ्याङ्क र सुझावहरुलाई नेपाल सरकारले मनन् गर्नुपर्ने बताउँदै योजना तर्जुमा गर्दा उक्त सुझावहरुलाई सम्बोधन गर्न आफूले सक्दो प्रयास गर्ने बताए। आम उद्यमी तथा व्यवसायीहरुले पनि आफ्नो लगानी, उत्पादन र व्यवसायले देशको अर्थतन्त्रमा के कस्तो प्रभाव पारेको छ भन्ने विषयमा पनि ध्यान दिन आग्रह गरे।

त्यसैगरी नेपाल उद्योग वाणिज्य महासंघकी पूर्व अध्यक्ष भवानी राणा, नेपाल च्याम्बर्स अफ कमर्सका वरिष्ठ उपाध्यक्ष कमलेश अग्रवाल र फेडेरेशन अफ नेपाल एक्पोटर्स एसोसिएशनकी उपाध्यक्ष देविका बुढाथोकीले समेत अध्ययन पुस्तकका विषयमा चर्चा गर्दै नेपालका उद्यमी÷व्यवसायीहरुले भोगिरहेका समस्या र समाधानका लागि गर्नुपर्ने सुधारका विषयमा धारणा राखे।

सियोदेखि सिन्कोसम्म आयात गर्नुपर्ने वर्तमान अवस्थामा उत्पादकत्व वृद्धि, उत्पादित वस्तु तथा सेवाको उपभोग र निर्यात प्रवद्र्धनमा जोड नदिइ अर्थतन्त्र सुदृढ हुन नसक्ने यथार्थकावीच नेपाली मौलिक वस्तुहरुको सम्भावनाका बारेमा सुक्ष्म विश्लेषणसहित अध्ययन पुस्तकले औल्याएका तथ्यपरक सुझावहरुको यथाचित सम्बोधन र कार्यान्वयन हुन सकेमा समग्र अर्थतन्त्रकै रुपरेखा बदलिदिन सक्नेछ ।

प्रतिक्रिया

लेखकको बारेमा

अर्थलगानी

काठमाडौं । बैंक तथा वित्तीय संस्था परिसंघ नेपाल (सिबिफिन) र फेडेरेशन अफ नेपाल एक्पोटर्स एसोसिएशनले संयुक्त रुपमा मौलिक उत्पादन सम्बन्धी अध्ययन पुस्तक ‘अर्थतन्त्र र निर्यात संभावनाका क्षेत्रहरु’ सार्वजनीक गरेको छ। नेपाली मौलिक उत्पादनहरुको वर्तमान अवस्था, अन्तर्राष्ट्रिय माग एवं आपूर्तिको स्थिति, उत्पादकत्व वृद्धिको प्रचुर संभावना र निर्यात प्रवद्र्धनमार्फत अर्थतन्त्रको दिगो विकास र आत्मनिर्भर अर्थतन्त्रको निर्माणमा पुग्न सक्ने योगदानका विषयमा लामो अध्ययन तथा विश्लेषणसहितको पुस्तक सार्वजनीक गरिएको हो। बैंक तथा वित्तीय संस्था परिसंघ नेपाल (सिबिफिन)ले श्रावण १५ गते एक कार्यक्रम आयोजना गर्दै मुख्य सचिव डा. बैकुण्ठ अर्याल, परराष्ट्र सचिव भरतराज पौड्याल, उद्योग वाणिज्य तथा आपूर्ति सचिव मधुकुमार मरासिनी, राष्ट्रिय योजना आयोगका सदस्य डा. रमेशचन्द्र पौडेल, सिबिफिनका अध्यक्ष पवन गोल्याण, नेपाल उद्योग वाणिज्य महासंघकी पूर्वअध्यक्ष भवानी राणा, नेपाल चेम्बर अफ कमर्शका उपाध्यक्ष कमलेशकुमार अग्रवालले पुस्तक विमोचन गरेका हुन। उक्त पुस्तकका लेखकहरु डा. गोपाल प्रसाद तिवारी, उत्तम गौतम र कृष्णराज बजगाँई रहेका छन। विमोचन कार्यक्रममा सिबिफिनले नेपाली मौलिक उत्पादनहरुको विषयमा अध्ययन गर्नुको कारण र औचित्यबारे प्रकाश पारेका थिए। अध्यक्ष गोल्याणले बैंक तथा वित्तीय संस्थाहरुबाट जोखिमयुक्त एवं अनुत्पादक क्षेत्रमा भइरहेको लगानीलाई सुरक्षित र उत्पादनमुलक क्षेत्रमा केन्द्रित गराउन जरुरी देखिएको उल्लेख गर्दै आन्तरिक बजारमा बढ्दो माग भएका र वाह्य बजारमा निर्यात वृद्धिको प्रचुर सम्भावना भएका स्वदेशी कच्चा पदार्थमा आधारित कृषि तथा वनपैदावार लगायतका १० वटा वस्तुहरुको १० वर्षे तथ्यांक केलाएर अध्ययन गरिएको बताउनुभयो । पुस्तकले समग्र उद्यमी÷व्यवसायीहरुको स्तरोन्नतिको मार्ग पहिल्याउनुका साथै दिगो र आत्मनिर्भर अर्थतन्त्रको निर्माणका लागि मार्गनिर्देश समेत गरेको उहाँको भनाई थियो । अध्यक्ष गोल्यानले कृषि तथा वन पैदावारलगायतका क्षेत्रमा अथाह सम्भावना भए पनि त्यसको समुचित प्रयोग हुन नसकेको उदाहरण दिँदै विशेषगरी साना साना तथा घरेलु उद्योगहरु, कृषि, वनपैदावर जस्ता बढी मूल्य अभिवृद्धि गर्ने, रोजगारी सिर्जना गर्ने उद्योगहरुलाई सरकारले प्रोत्साहन गर्र्नुपर्नेमा विशेष जोड दिए। विभिन्न देशहरुका लागि प्रस्तावित राजदुतहरु र परराष्ट्र सचिवतर्फ इंगित गर्दै अध्यक्ष गोल्याणले नेपाली उत्पादनहरुको प्रवद्र्धन र विश्वबजारीकरण लागि विदेशमा रहेका नेपालका राजदूतहरुले विशेष ब्राण्ड एम्बासडर भएर काम गर्न आग्रह समेत गरे। मुख्यसचिव डा.वैकुण्ठ अर्यालले सिबिफिन र एफएनईएले तयार गरेको उक्त पुस्तकले नेपाली उत्पादनहरुको वस्तुनिष्ठ अवस्थाको उजागर गर्दै निजी क्षेत्र र नेपाल सरकारका लागि चुनौती र संभावना दुवै औल्याइ दिएको बताउनु भयो । आत्मनिर्भर अर्थतन्त्र निर्माणका लागि सरकार र निजी क्षेत्रबीचको सहकार्य जरुरी रहेको बताउँदै उहाँले नेपाली उत्पादनहरुको प्रवद्र्धन तथा उपयोगलाई प्रश्रय दिँदै निर्यातलाई बढावा दिनुपर्ने उल्लेख गरे। त्यसैगरी उनले मुलुकले निर्यातजन्य वस्तु उत्पादनमा जोड दिनसके बजारीकरणको समस्या नहुने उल्लेख उत्पादकत्व वृद्धि र निर्यात प्रवद्र्धनका लागि देखिएका नीतिगत र व्यवहारिक कठिनाइहरुको सुधार गर्न नेपाल सरकारले आवश्यक सहजीकरण र पहलकद्मी लिने बताए। परराष्ट्र मन्त्रालयका सचिव भरतराज पौडेलले नेपालमा उत्पादित वस्तुलाई निर्यात गर्नका लागि पुस्तक मार्गदर्शन हुने उल्लेख गर्दै निर्यातजन्य वस्तुको उच्च गुणस्तर कायम गर्न र प्रमाणीकरण गर्न सरकारकोतर्फबाट पनि आवश्यक पूर्वाधारहरुको विकास गर्नुपर्ने बताउँदै त्यस विषयमा ध्यान पु¥याउन आम व्यवसायीलाई आग्रह गर्नुभयो । उहाँले विदेशस्थित नेपाली नियोगमार्फत निर्यात प्रवद्र्धन गर्न सकिने उल्लेख गर्दै त्यसमा परराष्ट्र मन्त्रालयले आवश्यक सहजीकरण गर्ने बताए। उद्योग, वाणिज्य तथा आपूर्ति सचिव मधु कुमार मरासिनीले सिबिफिनले सरकार र अन्य क्षेत्रले भन्दा एक कदम अगाडि बढेर आम उद्यमी÷व्यवसायी र राष्ट्रको हित हुने गरी बहुपयोगी पुस्तक तयार गरेका बताउँदै, नेपालको उर्वरशील भूमि र प्राकृतिक स्रोतहरुको उचित प्रयोग र परिचालन नगरी राष्ट्रको आर्थिक उन्नति नहुने बताए। हामीसँग जे छ त्यो उपयोग गरौ, जे सम्भव छ त्यो उत्पादन गरौ भन्दै सचिव मरासिनीले संभावनाका क्षेत्रहरुको उजागर, पहिचान र परिचालन गर्नुपर्नेमा उहाँले जोड दिए। विश्वबजारमा अत्यधिक माग भएका नेपाली उत्पादनहरुको निकासी गर्ने कार्यमा संभव भएका सबै कार्यहरुमा सहजीकरण गर्न मन्त्रालय तयार गरेको समेत उनले स्पष्ट पारे। राष्ट्रिय योजना आयोगका सदस्य माननीय डा. रमेशचन्द्र पौडेलले अध्ययन पुस्तकले औल्याएका तथ्य–तथ्याङ्क र सुझावहरुलाई नेपाल सरकारले मनन् गर्नुपर्ने बताउँदै योजना तर्जुमा गर्दा उक्त सुझावहरुलाई सम्बोधन गर्न आफूले सक्दो प्रयास गर्ने बताए। आम उद्यमी तथा व्यवसायीहरुले पनि आफ्नो लगानी, उत्पादन र व्यवसायले देशको अर्थतन्त्रमा के कस्तो प्रभाव पारेको छ भन्ने विषयमा पनि ध्यान दिन आग्रह गरे। त्यसैगरी नेपाल उद्योग वाणिज्य महासंघकी पूर्व अध्यक्ष भवानी राणा, नेपाल च्याम्बर्स अफ कमर्सका वरिष्ठ उपाध्यक्ष कमलेश अग्रवाल र फेडेरेशन अफ नेपाल एक्पोटर्स एसोसिएशनकी उपाध्यक्ष देविका बुढाथोकीले समेत अध्ययन पुस्तकका विषयमा चर्चा गर्दै नेपालका उद्यमी÷व्यवसायीहरुले भोगिरहेका समस्या र समाधानका लागि गर्नुपर्ने सुधारका विषयमा धारणा राखे। सियोदेखि सिन्कोसम्म आयात गर्नुपर्ने वर्तमान अवस्थामा उत्पादकत्व वृद्धि, उत्पादित वस्तु तथा सेवाको उपभोग र निर्यात प्रवद्र्धनमा जोड नदिइ अर्थतन्त्र सुदृढ हुन नसक्ने यथार्थकावीच नेपाली मौलिक वस्तुहरुको सम्भावनाका बारेमा सुक्ष्म विश्लेषणसहित अध्ययन पुस्तकले औल्याएका तथ्यपरक सुझावहरुको यथाचित सम्बोधन र कार्यान्वयन हुन सकेमा समग्र अर्थतन्त्रकै रुपरेखा बदलिदिन सक्नेछ ।