काठमाडौँ। गणपति लघुवित्त वित्तीय संस्था लिमिटेडले गत आर्थिक वर्ष २०७९–८० मा ७० लाख रुपैयाँ खुद नाफा कमाएको छ। यो अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा ६७.८४ प्रतिशतले कमी हो। अघिल्लो आर्थिक वर्षको अन्त्यसम्ममा लघुवित्तले २ करोड १८ लाख रुपैयाँ खुद नाफा कमाएको थियो।
लघुवित्तको खुद ब्याज आम्दानी र सञ्चालन मुनाफा घटेसँगै खुद नाफा घट्न पुगेको देखिएको छ। समीक्षा अवधिमा लघुवित्तको खुद नाफा १४.७१ प्रतिशत घटेर ११ करोड ५१ लाख रुपैयाँमा सीमित भएको छ भने खुद फि तथा कमिशन आम्दानी २९ लाख रुपैयाँ ऋणात्मक रहेको छ।
त्यसैगरी, लघुवित्तको कुल सञ्चालन आम्दानी १६.१७ प्रतिशत घटेर १४ करोड ५५ लाख रुपैयाँमा झरेको छ भने सञ्चालन मुनाफा ५६.८३ प्रतिशत घटेर ९८ लाखमा झरेको छ।
नाफासँगै लघुवित्तको प्रतिशेयर आम्दानी पनि घटेको छ। समीक्षा अवधिमा लघुवित्तको यस्तो आम्दानी ९ रुपैयाँ ७८ पैसा घटेर ४ रुपैयाँ ६४ पैसामा सीमित भएको छ। सो अवधिसम्ममा लघुवित्तको मूल्य आम्दानी अनुपात १७४.७६ गुणा रहेको छ भने प्रतिशेयर नेटवर्थ १२९ रुपैयाँ २४ पैसा रहेको छ।
१५ करोड १५ लाख रुपैयाँ चुक्ता पूँजी रहेको यस लघुवित्तको जगेडा कोषमा ३ करोड ९३ लाख रुपैयाँ सञ्चित छ। लघुवित्तको जगेडा कोष समीक्षा अवधिमा ५०.८६ प्रतिशत घटेको छ। असार मसान्तसम्ममा लघुवित्तले २ अर्ब १७ करोड ३८ लाख रुपैयाँ निक्षेप तथा सापटीबाट २ अर्ब २४ करोड १ लाख रुपैयाँ कर्जा लगानी गरेको छ।
प्रतिक्रिया