वि.सं. २०८२ असार ६, शुक्रबार
+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

निष्क्रिय कर्जा बढ्दा लक्ष्मी लघुवित्तको नाफा ऋणत्मक

अर्थलगानी
२०८० श्रावण २४, बुधबार

काठमाडौँ। लक्ष्मी लघुवित्त वित्तीय संस्था लिमिटेड गत गत आर्थिक वर्षको चौथो त्रैमाससम्म आईपुग्ना नाफा ऋणत्मक देखिएको छ। लघुबित्तले सार्वजनीक गरेको समिक्षा अवधिको अपरिष्कृत वित्तीय विवरण अनुसार लघुवित्तको खुद नाफा ८ करोड ३४ लाख रुपैयाँ ऋणात्मक देखिएको हो। अघिल्लो आर्थिक वर्षको सोही अवधिसम्ममा लघुवित्तको यस्तो नाफा १५ करोड ९० लाख रुपैयाँ धनात्मक रहेको थियो।

खुद ब्याज आम्दानी घट्ने र निष्क्रिय कर्जा उल्लेख्य बढेसँगै खुद नाफामा प्रभाव परेको देखिन्छ।

समीक्षा अवधिमा लघुवित्तको खुद ब्याज आम्दानी ३१.३२ प्रतिशतले घटेर ३६ करोड ६९ लाख ९७ हजार रुपैयाँमा संकुचित भएको छ। त्यस्तै खुद फि तथा कमिशन आम्दानी २९.०१ प्रतिशतले घटेर ५ करोड ६१ लाख कायम भएको छ भने कुल सञ्चालन आम्दानी ३१.०२ प्रतिशत घटेको छ।

समीक्षा अवधिमा लघुवित्तको निष्क्रिय कर्जा ३.२७ प्रतिशतबाट बढेर ८.३६ प्रतिशत पुगेको छ। यससँगै लघुवित्तले १३ करोड ३ लाख रुपैयाँ कर्जा तथा अन्य नोक्सानीको जोखिम व्यवस्था गरेको छ। जसका कारण लघुवित्तको सञ्चालन मुनाफा ८ करोड ३४ लाख रुपैयाँ ऋणात्मक हुन पुगेको छ।

असार मसान्तसम्ममा लघुवित्तको प्रतिशेयर आम्दानी १८ रुपैयाँ ८१ पैसा ऋणात्मक रहेको छ भने प्रतिशेयर नेटवर्थ १७९ रुपैयाँ १ पैसा रहेको छ।

४४ करोड १६ लाख रुपैयाँ चुक्ता पूँजी भएको यस लघुवित्तको जगेडा कोषमा ३४ करोड ८९ लाख रुपैयाँ सञ्चित छ। लघुवित्तको जगेडा कोष अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा २०.७९ प्रतिशत घटेको हो। त्यसैगरी, समीक्षा अवधिमा लघुवित्तको निक्षेप तथा सापटी २३.७५ प्रतिशत घटेको छ भने कर्जा २५.१५ प्रतिशत घटेको छ।

प्रतिक्रिया

लेखकको बारेमा

अर्थलगानी

काठमाडौँ। लक्ष्मी लघुवित्त वित्तीय संस्था लिमिटेड गत गत आर्थिक वर्षको चौथो त्रैमाससम्म आईपुग्ना नाफा ऋणत्मक देखिएको छ। लघुबित्तले सार्वजनीक गरेको समिक्षा अवधिको अपरिष्कृत वित्तीय विवरण अनुसार लघुवित्तको खुद नाफा ८ करोड ३४ लाख रुपैयाँ ऋणात्मक देखिएको हो। अघिल्लो आर्थिक वर्षको सोही अवधिसम्ममा लघुवित्तको यस्तो नाफा १५ करोड ९० लाख रुपैयाँ धनात्मक रहेको थियो। खुद ब्याज आम्दानी घट्ने र निष्क्रिय कर्जा उल्लेख्य बढेसँगै खुद नाफामा प्रभाव परेको देखिन्छ। समीक्षा अवधिमा लघुवित्तको खुद ब्याज आम्दानी ३१.३२ प्रतिशतले घटेर ३६ करोड ६९ लाख ९७ हजार रुपैयाँमा संकुचित भएको छ। त्यस्तै खुद फि तथा कमिशन आम्दानी २९.०१ प्रतिशतले घटेर ५ करोड ६१ लाख कायम भएको छ भने कुल सञ्चालन आम्दानी ३१.०२ प्रतिशत घटेको छ। समीक्षा अवधिमा लघुवित्तको निष्क्रिय कर्जा ३.२७ प्रतिशतबाट बढेर ८.३६ प्रतिशत पुगेको छ। यससँगै लघुवित्तले १३ करोड ३ लाख रुपैयाँ कर्जा तथा अन्य नोक्सानीको जोखिम व्यवस्था गरेको छ। जसका कारण लघुवित्तको सञ्चालन मुनाफा ८ करोड ३४ लाख रुपैयाँ ऋणात्मक हुन पुगेको छ। असार मसान्तसम्ममा लघुवित्तको प्रतिशेयर आम्दानी १८ रुपैयाँ ८१ पैसा ऋणात्मक रहेको छ भने प्रतिशेयर नेटवर्थ १७९ रुपैयाँ १ पैसा रहेको छ। ४४ करोड १६ लाख रुपैयाँ चुक्ता पूँजी भएको यस लघुवित्तको जगेडा कोषमा ३४ करोड ८९ लाख रुपैयाँ सञ्चित छ। लघुवित्तको जगेडा कोष अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा २०.७९ प्रतिशत घटेको हो। त्यसैगरी, समीक्षा अवधिमा लघुवित्तको निक्षेप तथा सापटी २३.७५ प्रतिशत घटेको छ भने कर्जा २५.१५ प्रतिशत घटेको छ।