वि.सं. २०८२ असार ६, शुक्रबार
+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

नेपाल चिनिया लगानी र पर्यटनको मुख्य गन्तव्य वन्न सक्छः अध्यक्ष ढकाल

अर्थलगानी
२०८० श्रावण २४, बुधबार

काठमाडौँ। नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्र प्रसाद ढकाल र नेपालका लागि चिनिया राजदूत छन सोंगबीच मंगलबार औपचारिक भेटवार्ता भएको छ।

उक्त भेटवार्तामा महासंघ अध्यक्ष चन्द्र प्रसाद ढकालले नेपाल चिनिया लगानी र पर्यटनको मुख्य गन्तव्य वन्न सक्ने वताए।

नेपालको उत्पादनमूलक क्षेत्र, उर्जा, पर्यटन पुर्वाधार लगायतका क्षेत्रमा विदेशी लगानीको राम्रो सम्भावना रहेको तर्पm अध्यक्ष ढकालले राजदूत सोंगको ध्यानाकर्षण गराए।
पर्यटन प्रवद्र्धनका लागि चीनका मुख्य शहरबाट नेपालका सबै अन्तराष्टिय विमानस्थलहरुमा सिधा उडान आवश्यक रहेको समेत वताए। साथै अध्यक्ष ढकालले चिनिया पर्यटकहरुको मुख्य गन्तव्य सूचीमा नेपाललाई प्राथमिकतासाथ समावेश गर्नुपर्ने अध्यक्ष ढकालको आग्रह थियो ।

महासंघले साना उद्यमशीलता प्रवद्र्धनमा काम गरिरहेको र ती उद्यमीलाई चीनको अवलोकन भ्रमणका लागि राजदूतावासले सहयोग गर्न पनि आग्रह गरे। यसैगरि नेपालमा चिनिया बैंक आउने सक्ने सम्भावना तर्पm पनि अध्यक्ष ढकालले राजदूत संगको ध्यानाकर्षण गराए।
लामो समयदेखि वन्द रहेको तातोपानी नाकाको प्रभावकारी संचालनका लागि पनि चीन सरकारले पहल गर्नुपर्नेमा अध्यक्ष ढकालले जोड दिए।

भेटका क्रममा राजदूत संगले नेपालमा लगानी गर्न चिनिया लगानीकर्ता उत्सुक रहेको र नेपालले आवश्यक लगानीको वातावरण बनाउनुपर्ने वताए। उत्पादनमूलक उद्योग, कृषि, उर्जा लगायतका क्षेत्रमा चिनिया लगानीकर्ता आकर्षित रहेको वताए।

तर विदेशी लगानी भित्र्याउन सहज वातावरण बनाउनुपर्ने र प्रतिफल सहजै लान सक्ने व्यवस्था गरिनुपर्ने राजदूत सोंगको भनाइ थियो । चीनमा पनि शुरुमा विदेशी लगानीसंग नीति निर्माता ससंकित भएपनि पछि सुधार गर्दै गएको वताए ।

लगानीकर्तालाई नीतिगत स्थायित्व सहज व्यवहार आवश्यक रहने पनि उनले वताए । चीन विदेशी लगानीकै कारण अहिले संसारकै मुख्य उत्पादक वन्न सकेको उदाहरण राजदूत सोंगले प्रस्तुत गरे।
यसैगरि तातोपानी नाका खोल्ने र नेपालमा चिनिया बैंक आउनेबारेमा छलफल भैरहेको जानकारी पनि राजदूत संगले दिए। भेटका क्रममा महासंघका बरिष्ठ उपाध्यक्ष अन्जन श्रेष्ठको पनि सहभागिता रहेको थियो ।

प्रतिक्रिया

लेखकको बारेमा

अर्थलगानी

काठमाडौँ। नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्र प्रसाद ढकाल र नेपालका लागि चिनिया राजदूत छन सोंगबीच मंगलबार औपचारिक भेटवार्ता भएको छ। उक्त भेटवार्तामा महासंघ अध्यक्ष चन्द्र प्रसाद ढकालले नेपाल चिनिया लगानी र पर्यटनको मुख्य गन्तव्य वन्न सक्ने वताए। नेपालको उत्पादनमूलक क्षेत्र, उर्जा, पर्यटन पुर्वाधार लगायतका क्षेत्रमा विदेशी लगानीको राम्रो सम्भावना रहेको तर्पm अध्यक्ष ढकालले राजदूत सोंगको ध्यानाकर्षण गराए। पर्यटन प्रवद्र्धनका लागि चीनका मुख्य शहरबाट नेपालका सबै अन्तराष्टिय विमानस्थलहरुमा सिधा उडान आवश्यक रहेको समेत वताए। साथै अध्यक्ष ढकालले चिनिया पर्यटकहरुको मुख्य गन्तव्य सूचीमा नेपाललाई प्राथमिकतासाथ समावेश गर्नुपर्ने अध्यक्ष ढकालको आग्रह थियो । महासंघले साना उद्यमशीलता प्रवद्र्धनमा काम गरिरहेको र ती उद्यमीलाई चीनको अवलोकन भ्रमणका लागि राजदूतावासले सहयोग गर्न पनि आग्रह गरे। यसैगरि नेपालमा चिनिया बैंक आउने सक्ने सम्भावना तर्पm पनि अध्यक्ष ढकालले राजदूत संगको ध्यानाकर्षण गराए। लामो समयदेखि वन्द रहेको तातोपानी नाकाको प्रभावकारी संचालनका लागि पनि चीन सरकारले पहल गर्नुपर्नेमा अध्यक्ष ढकालले जोड दिए। भेटका क्रममा राजदूत संगले नेपालमा लगानी गर्न चिनिया लगानीकर्ता उत्सुक रहेको र नेपालले आवश्यक लगानीको वातावरण बनाउनुपर्ने वताए। उत्पादनमूलक उद्योग, कृषि, उर्जा लगायतका क्षेत्रमा चिनिया लगानीकर्ता आकर्षित रहेको वताए। तर विदेशी लगानी भित्र्याउन सहज वातावरण बनाउनुपर्ने र प्रतिफल सहजै लान सक्ने व्यवस्था गरिनुपर्ने राजदूत सोंगको भनाइ थियो । चीनमा पनि शुरुमा विदेशी लगानीसंग नीति निर्माता ससंकित भएपनि पछि सुधार गर्दै गएको वताए । लगानीकर्तालाई नीतिगत स्थायित्व सहज व्यवहार आवश्यक रहने पनि उनले वताए । चीन विदेशी लगानीकै कारण अहिले संसारकै मुख्य उत्पादक वन्न सकेको उदाहरण राजदूत सोंगले प्रस्तुत गरे। यसैगरि तातोपानी नाका खोल्ने र नेपालमा चिनिया बैंक आउनेबारेमा छलफल भैरहेको जानकारी पनि राजदूत संगले दिए। भेटका क्रममा महासंघका बरिष्ठ उपाध्यक्ष अन्जन श्रेष्ठको पनि सहभागिता रहेको थियो ।