वि.सं. २०८२ असार १९, बिहीबार
+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

रामकुमारी झाक्रीको पालिका स्थीत वडा २ मा समाजवादी पराजीत, एमालेले जित्यो

अर्थलगानी
२०७९ जेष्ठ १, आईतवार

गुल्मी । गुल्मीको मदाने गाउँपालिका वडा नम्वर २ मा एमालेले विजय प्राप्त गरेको छ । रामकुमारी झाँक्रीको गाउँपालिकास्थित वडा नम्वर २ को अध्यक्षमा एमालेका उम्मेदवार माधवप्रसाद भुसालले ७८५ मत लिएर विजय भएका हुन् ।

पालिकामा नेपाली कांग्रेस र माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादी पार्टीको गठबन्धन रहेको छ । अन्य वडामा कांग्रेस र माओवादी भाग परेपनि वडा नम्वर २ मा समाजवादीलाई भाग परेको थियो । समाजबादीले पाएको एउटा वडा वडामा पराजय भएको हो । समाजवादीका गोकर्ण सेन ओलीले ६२५ मत प्राप्त गरेका छन्।

त्यसैगरी वडा नं. १ मा नेपाली कांग्रेस विजयी भएको छ। कांग्रेसका सुशील चन्दले ६९६ मत ल्याउँदा एमालेका प्रेम चन्द बोहोराले ५६२ मत ल्याएका हुन्।

वडा नं. ३ मा एमालेलाई हराउँदै नेपाली कांग्रेस विजयी भएका छन्। कांग्रेसका चेत बहादुर सेनले ८७० मत ल्याउँदा एमालेका इश्वर बहादुर जिसीले ६५५ मत ल्याए।

वडा नं. ४ मा कांग्रेसकै प्रेमबहादुर सेन ओली विजयी भएका छन्। उनले ५८९ मत ल्याउँदा एमालेका भीमप्रसाद भट्टराईले ३८५ मत ल्याएका हुन् । वडा नम्वर ४ बाट झाक्रिले मतदान गरेकी हुन् ।

मदाने वडा नम्बर ५ मा एमाले विजयी भएको छ। एमालेले ५२० मत पाउँदा कांग्रेसले ४१५ मत पाएको छ। एमालेको पडक मानिने मदानेमा २०७४ मा एउटा वडा कांग्रेसले जित्दा बाँकी एमाले विजयी भएको थियो।

अहिले गठबन्धनका तर्फबाट नेपाली कांग्रेसका महेन्द्र बहादुर कुँवरले ३ हजार ५८४ मत पाई अग्रता लिएका छन्। एमालेका प्रेम बहादुर केसीले ३ हजार ५६८ मत ल्याएका छन्।

उपाध्यक्षमा नेकपा एमाले ३ हजार ४१० मतकासाथ अघि रहेको छ। उनका प्रतिस्पर्धी माओवादीका उम्मेदवारले ३ हजार ३०४ मत ल्याएको छ।

पालिकामा कडा प्रतिस्पर्धा हुँदा २ वटा वडाको मतगणना हुँदैछ।

प्रतिक्रिया

लेखकको बारेमा

अर्थलगानी

गुल्मी । गुल्मीको मदाने गाउँपालिका वडा नम्वर २ मा एमालेले विजय प्राप्त गरेको छ । रामकुमारी झाँक्रीको गाउँपालिकास्थित वडा नम्वर २ को अध्यक्षमा एमालेका उम्मेदवार माधवप्रसाद भुसालले ७८५ मत लिएर विजय भएका हुन् । पालिकामा नेपाली कांग्रेस र माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादी पार्टीको गठबन्धन रहेको छ । अन्य वडामा कांग्रेस र माओवादी भाग परेपनि वडा नम्वर २ मा समाजवादीलाई भाग परेको थियो । समाजबादीले पाएको एउटा वडा वडामा पराजय भएको हो । समाजवादीका गोकर्ण सेन ओलीले ६२५ मत प्राप्त गरेका छन्। त्यसैगरी वडा नं. १ मा नेपाली कांग्रेस विजयी भएको छ। कांग्रेसका सुशील चन्दले ६९६ मत ल्याउँदा एमालेका प्रेम चन्द बोहोराले ५६२ मत ल्याएका हुन्। वडा नं. ३ मा एमालेलाई हराउँदै नेपाली कांग्रेस विजयी भएका छन्। कांग्रेसका चेत बहादुर सेनले ८७० मत ल्याउँदा एमालेका इश्वर बहादुर जिसीले ६५५ मत ल्याए। वडा नं. ४ मा कांग्रेसकै प्रेमबहादुर सेन ओली विजयी भएका छन्। उनले ५८९ मत ल्याउँदा एमालेका भीमप्रसाद भट्टराईले ३८५ मत ल्याएका हुन् । वडा नम्वर ४ बाट झाक्रिले मतदान गरेकी हुन् । मदाने वडा नम्बर ५ मा एमाले विजयी भएको छ। एमालेले ५२० मत पाउँदा कांग्रेसले ४१५ मत पाएको छ। एमालेको पडक मानिने मदानेमा २०७४ मा एउटा वडा कांग्रेसले जित्दा बाँकी एमाले विजयी भएको थियो। अहिले गठबन्धनका तर्फबाट नेपाली कांग्रेसका महेन्द्र बहादुर कुँवरले ३ हजार ५८४ मत पाई अग्रता लिएका छन्। एमालेका प्रेम बहादुर केसीले ३ हजार ५६८ मत ल्याएका छन्। उपाध्यक्षमा नेकपा एमाले ३ हजार ४१० मतकासाथ अघि रहेको छ। उनका प्रतिस्पर्धी माओवादीका उम्मेदवारले ३ हजार ३०४ मत ल्याएको छ। पालिकामा कडा प्रतिस्पर्धा हुँदा २ वटा वडाको मतगणना हुँदैछ।