वि.सं. २०८२ असार ६, शुक्रबार
+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

नेपाल लाइफले कमायो साढे ६७ करोड खुद नाफा, कस्ता छन अन्य सूचकहरु?

अर्थलगानी
२०८० श्रावण २८, आईतवार

काठमाडौँ। नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले गत आर्थिक वर्षमा साढे ६७ करोड रुपैयाँ खुद नाफा आर्जन गरेको छ। कम्पनीले आइतबार सार्वजनिक गरेको गत आर्थिक वर्ष २०७९/८० को चौंथो त्रैमासिक वित्तीय विवरणमा यस्तो देखिएको हो। ्

समिक्षा अवधिमा कम्पनीले ६७ करोड ४४ लाख ३५ हजार रुपैयाँ नाफा कमाएको छ। अघिल्लो आवको सोही अवधिमा भने कम्पनीको नाफा ३५ करोड २७ लाख ३८ हजार ऋणात्मक रहेको थियो।

समिक्षा अवधिमा कम्पनीको बीमा शुल्क आर्जन पनि ४.६९ प्रतिशतले बढेर ३६ अर्ब ६२ करोड ८० लाख रुपैयाँ पुगेको छ। सो अवधिमा कम्पनीले पुनर्बीमा कमिशनबाट १० करोड ५५ लाख, बिमालेख धितो कर्जाबाट २ अर्ब ९७ करोड ६९ लाख रुपैयाँ आम्दानी गरेको छ।

यस्तै, गत वर्ष कम्पनीले अभिकर्ता कमिशनका लागि ३ अर्ब १० करोड ७० लाख रुपैयाँ, बीमितको स्वास्थ्य परिक्षणमा १ करोड २७ लाख रुपैयाँ बढी रकम खर्चिएको छ।

गत वर्ष कम्पनीले १५ अर्ब १०ल करोड १६ लाख रुपैयाँ दावी भुक्तानी दिएको छ । समिक्षा अवधिमा कम्पनीले ८२ हजार २६४ वटा दावी भुक्तानी गरेको हो । तर, भुक्तानी हुन बाँकी दावी रकम भने १ अर्ब ३८ करोड २७ लाख रुपैयाँ देखिएको छ ।

यस्तै, जीवन बीमा कोषको आकार पनि १९.७६ प्रतिशतले बढेर १ खर्ब ६३ अर्ब ८२ करोड ६३ लाख १३ हजार रुपैयाँ पुगेको छ ।
कम्पनीको चुक्ता पुँजी ८ अर्ब २० करोड ७९ लाख ६६ हजार रुपैयाा रहेकोछ। कम्पनीको जगेडा तथा कोषको आकार पनि थप बमबुत देखिएको छ। कम्पनीले यस्तो कोषको आकार १२५.३१ प्रतिशतले बढेर ६४ करोड ९७ लाख रुपैयाँ पुर्याएको छ।

समिक्षा अवधिमा कम्पनीको प्रतिसेयर आम्दानी (इपिएस) पनि ८ रुपैयाँ २२ पैसा कायम भएको छ । अघिल्लो आवको सोही अवधिमन भने कम्पनीको इपिएस ऋणात्मक थियो । यस्तै, कम्पनीको प्रतिसेयर नेटवर्थ पनि ११८ रुपैयाँ ८४ पैसा पुगेको छ ।

प्रतिक्रिया

लेखकको बारेमा

अर्थलगानी

काठमाडौँ। नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले गत आर्थिक वर्षमा साढे ६७ करोड रुपैयाँ खुद नाफा आर्जन गरेको छ। कम्पनीले आइतबार सार्वजनिक गरेको गत आर्थिक वर्ष २०७९/८० को चौंथो त्रैमासिक वित्तीय विवरणमा यस्तो देखिएको हो। ् समिक्षा अवधिमा कम्पनीले ६७ करोड ४४ लाख ३५ हजार रुपैयाँ नाफा कमाएको छ। अघिल्लो आवको सोही अवधिमा भने कम्पनीको नाफा ३५ करोड २७ लाख ३८ हजार ऋणात्मक रहेको थियो। समिक्षा अवधिमा कम्पनीको बीमा शुल्क आर्जन पनि ४.६९ प्रतिशतले बढेर ३६ अर्ब ६२ करोड ८० लाख रुपैयाँ पुगेको छ। सो अवधिमा कम्पनीले पुनर्बीमा कमिशनबाट १० करोड ५५ लाख, बिमालेख धितो कर्जाबाट २ अर्ब ९७ करोड ६९ लाख रुपैयाँ आम्दानी गरेको छ। यस्तै, गत वर्ष कम्पनीले अभिकर्ता कमिशनका लागि ३ अर्ब १० करोड ७० लाख रुपैयाँ, बीमितको स्वास्थ्य परिक्षणमा १ करोड २७ लाख रुपैयाँ बढी रकम खर्चिएको छ। गत वर्ष कम्पनीले १५ अर्ब १०ल करोड १६ लाख रुपैयाँ दावी भुक्तानी दिएको छ । समिक्षा अवधिमा कम्पनीले ८२ हजार २६४ वटा दावी भुक्तानी गरेको हो । तर, भुक्तानी हुन बाँकी दावी रकम भने १ अर्ब ३८ करोड २७ लाख रुपैयाँ देखिएको छ । यस्तै, जीवन बीमा कोषको आकार पनि १९.७६ प्रतिशतले बढेर १ खर्ब ६३ अर्ब ८२ करोड ६३ लाख १३ हजार रुपैयाँ पुगेको छ । कम्पनीको चुक्ता पुँजी ८ अर्ब २० करोड ७९ लाख ६६ हजार रुपैयाा रहेकोछ। कम्पनीको जगेडा तथा कोषको आकार पनि थप बमबुत देखिएको छ। कम्पनीले यस्तो कोषको आकार १२५.३१ प्रतिशतले बढेर ६४ करोड ९७ लाख रुपैयाँ पुर्याएको छ। समिक्षा अवधिमा कम्पनीको प्रतिसेयर आम्दानी (इपिएस) पनि ८ रुपैयाँ २२ पैसा कायम भएको छ । अघिल्लो आवको सोही अवधिमन भने कम्पनीको इपिएस ऋणात्मक थियो । यस्तै, कम्पनीको प्रतिसेयर नेटवर्थ पनि ११८ रुपैयाँ ८४ पैसा पुगेको छ ।