वि.सं. २०८२ असार ६, शुक्रबार
+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

सूर्यज्योति लाइफको नाफा २३ प्रतिशतले वृद्धि, जीवन बीमा कोषमा २६ अर्ब ९९ करोड

अर्थलगानी
२०८० श्रावण २९, सोमबार

काठमाडौँ । सूर्यज्योति लाइफ इन्स्योरेन्स कम्पनीले गत आर्थिक वर्ष २०७९।८० को चौथो त्रैमासिक वित्तीय विवरण सार्वजनिक गरेको छ ।

प्रकाशित वित्तिय विवरण अनुसार कम्पनीको जीवन बीमा कोषमा २६ अर्ब ९९ करोड रुपैयाँ संचित रहेको छ । अघिल्लो आवमा सूर्या लाइफ र ज्योति लाइफ दुवै कम्पनीमा गरी कूल २० अर्ब ३५ करोड रुपैयाँ जीवन बीमा कोषमा संचिती रहेको थियो ।

कम्पनीले लगानी, कर्जा तथा अन्य आय बढेर १ अर्ब ७२ करोड र वीमालेख धितो कर्जाबाट ३३ करोड २७ लाख आर्जन गरेको छ । यस अवधिमा कम्पनीले १ अर्ब ९० करोड खुद दावी भुक्तानी गरेको छ । त्यसैगरी अभिकर्ता कमिशन बापत ७६ करोड २० लाख र व्यवस्थापन खर्च बापत १ अर्ब ७ करोड खर्च गरेको छ ।

यस कम्पनीको हाल सम्म कुल कायम रहेको वीमालेखको संख्या ११ लाख ३० हजार ५७५ रहेको छ । हाल कम्पनीको चुक्तापुँजी ४ अर्ब ५४ करोड रहेको छ भने जगेडा कोषमा २ अर्ब ४८ करोड रहेको छ ।

कम्पनीको जिवन बीमा कोषमा २६ अर्ब ९९ करोड रहेको छ भने महाविपत्ती कोषमा ३२ करोड ९७ लाख रहेको छ । बीमा प्राधिकरणले तोकेको न्यूनतम चुक्तापुँजी ४६ करोड अपुग रहेको छ ।

कम्पनीको प्रति सेयर आम्दानी १०।१३ रुपैयाँ रहेको छ भने नेटवर्थ १६१।८४ रुपैयाँ रहेको छ । त्यसैगरी मुल्य आम्दानी अनुपात ६०।२३ गुणा रहेको छ ।

प्रतिक्रिया

लेखकको बारेमा

अर्थलगानी

काठमाडौँ । सूर्यज्योति लाइफ इन्स्योरेन्स कम्पनीले गत आर्थिक वर्ष २०७९।८० को चौथो त्रैमासिक वित्तीय विवरण सार्वजनिक गरेको छ । प्रकाशित वित्तिय विवरण अनुसार कम्पनीको जीवन बीमा कोषमा २६ अर्ब ९९ करोड रुपैयाँ संचित रहेको छ । अघिल्लो आवमा सूर्या लाइफ र ज्योति लाइफ दुवै कम्पनीमा गरी कूल २० अर्ब ३५ करोड रुपैयाँ जीवन बीमा कोषमा संचिती रहेको थियो । कम्पनीले लगानी, कर्जा तथा अन्य आय बढेर १ अर्ब ७२ करोड र वीमालेख धितो कर्जाबाट ३३ करोड २७ लाख आर्जन गरेको छ । यस अवधिमा कम्पनीले १ अर्ब ९० करोड खुद दावी भुक्तानी गरेको छ । त्यसैगरी अभिकर्ता कमिशन बापत ७६ करोड २० लाख र व्यवस्थापन खर्च बापत १ अर्ब ७ करोड खर्च गरेको छ । यस कम्पनीको हाल सम्म कुल कायम रहेको वीमालेखको संख्या ११ लाख ३० हजार ५७५ रहेको छ । हाल कम्पनीको चुक्तापुँजी ४ अर्ब ५४ करोड रहेको छ भने जगेडा कोषमा २ अर्ब ४८ करोड रहेको छ । कम्पनीको जिवन बीमा कोषमा २६ अर्ब ९९ करोड रहेको छ भने महाविपत्ती कोषमा ३२ करोड ९७ लाख रहेको छ । बीमा प्राधिकरणले तोकेको न्यूनतम चुक्तापुँजी ४६ करोड अपुग रहेको छ । कम्पनीको प्रति सेयर आम्दानी १०।१३ रुपैयाँ रहेको छ भने नेटवर्थ १६१।८४ रुपैयाँ रहेको छ । त्यसैगरी मुल्य आम्दानी अनुपात ६०।२३ गुणा रहेको छ ।