काठमाडौँ। निर्धन उत्थान लघुवित्त वित्तीय संस्था लिमिटेडले गत आर्थिक वर्ष(आव २०७९–८०) को चौथो त्रैमाससम्म १० लाख ३१ हजार रुपैयाँ खुद नाफा कमाएको छ। यो अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा ९९.८६ प्रतिशत कम हो। अघिल्लो आर्थिक वर्षको सोही अवधिसम्ममा लघुवित्तले ७५ करोड ८३ हजार रुपैयाँ खुद नाफा कमाएको थियो।
खुद ब्याज आम्दानी र सञ्चालन मुनाफा घटेसँगै खराब कर्जा बढेपछि लघुवित्तको खुद नाफा उल्लेख्य घट्न पुगेको हो।
समीक्षा अवधिमा लघुवित्तको खुद ब्याज आम्दानी ५.२१ प्रतिशत घटेको छ। त्यसैगरी, लघुवित्तको कुल सञ्चालन आम्दानी १०.६६ प्रतिशत घटेको छ भने सञ्चालन मुनाफा ७०.५६ प्रतिशत घटेको छ। सो अवधिसम्ममा लघुवित्तको वितरणयोग्य मुनाफा भने ४ करोड ९१ लाख रुपैयाँ रहेको छ। लघुवित्तको प्रतिशेयर वितरणयोग्य मुनाफा १ रुपैयाँ ८८ पैसा रहेको छ।
समीक्षा अवधिमा लघुवित्तको निष्क्रिय कर्जा ५.३ प्रतिशतबाट बढेर ९.८७ प्रतिशत पुगेको छ। यससँगै लघुवित्तको इम्पेरमेन्ट चार्ज २४ करोडबाट बढेर ८१ करोड ९५ लाख रुपैयाँ पुगेको छ। यसले पनि लघुवित्तको खुद नाफा घटाउन दबाब दिएको छ।
नाफासँगै लघुवित्तको प्रतिशेयर आम्दानी पनि उल्लेख्य घटेको छ। समीक्षा अवधिमा लघुवित्तको प्रतिशेयर आम्दानी ३४ रुपैयाँ १३ पैसा घटेर ४ पैसामा झरेको छ। असार मसान्तसम्ममा लघुवित्तको प्रतिशेयर नेटवर्थ १७२ रुपैयाँ ११ पैसा रहेको छ। त्यसैगरी, लघुवित्तको मूल्य आम्दानी अनुपात १९ हजार ३८०.६८ गुणा रहेको छ।
२ अर्ब ६१ करोड २० लाख रुपैयाँ चुक्ता पूँजी रहेको यस लघुवित्तको जगेडा कोषमा १ अर्ब ८८ करोड ३८ लाख रुपैयाँ सञ्चित छ। सो अवधिसम्ममा लघुवित्तले २३ अर्ब ६ करोड १५ लाख निक्षेप तथा सापटीबाट २४ अर्ब ३७ करोड ३९ लाख रुपैयाँ कर्जा लगानी गरेको छ।
प्रतिक्रिया