काठमाडौँ । सानिमा जेनेरल लाइफ इन्स्योरेन्सले गत आर्थिक वर्षको बार्षिक वित्तीय विवरण प्रकाशित गरेको छ । आज प्रकाशित वित्तीय विवरण अनुसार कम्पनीको मुनाफा २८ करोड एक लाख ८२ हजार रुपैयाँ आर्जन गर्न सफल भएको छ ।
कम्पनीको खुद नाफा अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा ९३ दशमलव ३६ प्रतिशतले बढी हो । विवरण अनुसार कम्पनीको प्रतिशेयर आम्दानी १४.०१ रुपैयाँ रहेको छ ।
यस्तै, कम्पनीको बीमा शुल्क आर्जन ६२ करोड ८८ लाख रुपैयाँ रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा कम्पनीले २७ करोड ७६ लाख रुपैयाँ खुद बीमा शुल्क आर्जन गरेको थियो । यस हिसाबमा अघिल्लो वर्षको तुलनामा यस अवधिमा बीमा शुल्क आर्जन १२६.४७ प्रतिशत बढेको देखिन्छ ।
यसैगरी, अघिल्लो आर्थिक वर्षको अवधिमा १० करोड १६ लाख रुपैयाँ खुद दाबी भुक्तानी गरेको कम्पनीले समिक्षा अवधिमा भने २८ करोड ६२ लाख रुपैयाँ खुद दाबी भुक्तानी गरेको छ ।
दुई अर्ब चुक्ता पूँजी रहेको कम्पनीको प्रतिशेयर आम्दानी १४ रुपैयाँ ०१ पैसा र प्रतिशेयर नेटवर्थ १३९ रुपैयाँ ६५ पैसा रहेको छ ।
प्रतिक्रिया