काठमाडौँ। रिलायबल नेपाल लाइफ इन्स्योरेन्सले गत आर्थिक वर्षको चौथो त्रैमाससम्म आउँदा खुद नाफा ५७ प्रतिशतले बढाउन सफल भएको छ। कम्पनीले आर्थिक वर्ष २०७९–८० को चौथो त्रैमाससम्म आउँदा ४३ करोड २२ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । जबकी अघिल्लो वर्षको सोही अवधिमा कम्पनीले २७ करोड ४८ लाख नाफा आर्जन गरेको थियो।
२ अर्ब ८० करोड रुपैयाँ चुक्ता पूँजी भएको कम्पनीको जगेडा कोषमा १ अर्ब ४७ करोड ९९ लाख रुपैयाँ संचिती रहेको छ । अघिल्लो आर्थिक वर्षको सोही अवधिमा कम्पनीको जगेडा कोषमा १ अर्ब ९ करोड ९ लाख रुपैयाँ संचिती थियो । अघिल्लो वर्षको तुलनामा कम्पनीको जगेडा कोषमा संचिती रकम बढेको हो ।
समिक्षा अवधिमा कम्पनीको जीवन बीमा कोषको आकार ६ अर्ब ६३ करोड ४८ लाख रुपैयाँ पुगेको छ । अघिल्लो वर्षको यसै अवधिमा कम्पनीको बीमा कोष ४ अर्ब ६० करोड ४९ लाख थियो । अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा बीमा कोष ४४ प्रतिशतले बढेको हो । कम्पनीको महा विपत्ती कोषमा १५ करोड ५ लाख संचिती छ ।
समिक्षा अवधिमा कम्पनीले ३ अर्ब ४७ करोड ८९ लाख रुपैयाँ खुद बीमा शुल्क आर्जन गरेको छ । अघिल्लो वर्षको यसै अवधिमा कम्पनीले ३ अर्ब ७७ करोड १ लाख रुपैयाँ खुद बीमा शुल्क आर्जन गरेको थियो । अघिल्लो वर्षको सोही अवधिको तुलनामा कम्पनीको खुद बीमा शुल्क आर्जन ७ प्रतिशतले घटेको हो ।
यस अवधिमा कम्पनीले १ अर्ब ११ करोड ९७ लाख रुपैयाँ खुद दाबी भुक्तानी गरेको छ । अघिल्लो वर्षको यसै अवधिमा कम्पनीले ७१ करोड ७७ लाख दाबी तिरेको थियो । अघिल्लो वर्षको तुलनामा कम्पनीले ५६ प्रतिशत बढी दाबी तिरेको हो । भुक्तानी हुन बाँकी दाबी ८८ करोड १८ लाख रुपैयाँ रहेको छ ।
यस अवधिमा कम्पनीको प्रति शेयर आम्दानी १५ रुपैयाँ ४४ पैसा रहेको छ । प्रति शेयर नेटवर्थ १५८ रुपैयाँ २३ पैसा रहेको छ ।
प्रतिक्रिया