काठमाडौँ । सूर्यज्योति लाइफ इन्स्योरेन्सका ब्राण्ड एम्बेसेडर एवं महानायक राजेश हमालले मूल्य र मान्यतामा अडिग रही कम्पनीले बीमितहरुको विश्वास जित्दै बलियो सम्बन्ध स्थापित गरोस् भनी शुभकामना दिएका छन् ।
काठमाण्डौ दरबारमार्गस्थित होटेल याक एन्ड यतिमा शनिबार आयोजित इन्स्यारेन्सको ‘एजेन्सी अवार्ड नाइट–२०८०’ कार्यक्रममा ब्रान्ड एम्बेसेडर हमालले शुभकामना प्रदान गरेका हुन् ।
अवार्ड समारोहमा देशभरबाट छानिएका २०० एजेन्सी म्यानेजर तथा अभिकर्ताको सहभागिता थियो। सो अवसरमा देशभरबाट आर्थिक वर्ष २०७९–८० मा उत्कृष्ट व्यवसाय गरेका विभिन्न विधाका एजेन्सी म्यानेजर र अभिकर्ताहरुमध्येबाट सर्वोत्कृष्टहरुलाई अवार्डबाट सम्मानित गरिएको थियो।
कार्यक्रममा कम्पनीका ब्रान्ड एम्बेसेडर राजेश हमालले सूर्यज्योति लाइफ इन्स्योरेन्सले कम्पनीको मूल्य र मान्यतामा अडिग रही लाखौं नेपालीहरुको विश्वास जित्दै बीमा कम्पनीहरुको क्षेत्रमा उत्कृष्ट सेवा प्रदान गर्दै आएकोले त्यसमा आफू पनि सहभागी हुन पाएकोमा गौरवान्वित महसुस गरेको जनाए।
प्रतिक्रिया