काठमाडौँ । बीमा प्राधिकरणले आठ इन्स्योरेन्स कम्पनीलाई हकप्रद शेयर निष्काशन गर्न अनुमति दिएको छ । प्राधिकरणले मर्जरमा गएर पुँजि पुराउन नसकेका र स्वत पुँजि पुराउन लागेको बीमा कम्पनीहरुलाई हकप्रद सेयर जारी गर्न दिने निर्णय गरेको हो ।
प्राधिकरणका अनुसार चार जीवन र चार वटा निर्जीवन बीमा कम्पनीहरुलाई हकप्रद सेयर जारी गर्न दिने निर्णय भएको छ । एशियन लाइफ इन्स्योरेन्स कम्पनीलाई ४२ प्रतिशत हकप्रद सेयर जारी गर्न दिने निर्णय गरिएको प्राधिकरणले जनाएको छ ।
त्यस्तै, सानिमा रिलायन्स लाइफ इन्स्योरेन्स कम्पनीलाई २० प्रतिशत, सुर्यज्योति लाइफ इन्स्योरेन्सले १० प्रतिशत प्रभु महालक्ष्मी लाइफले १७ प्रतिशत हकप्रद सेयर जारी गर्ने अनुमति पाएका छन् ।
यता, निर्जिवन बीमातर्फ प्राधिकरणले युनाइटेड अजोड इन्स्योरेन्सको ३२ प्रतिशत हकप्रद सेयर जारी गर्न अनुमति प्रदान गरेको छ ।
त्यस्तै, नेको इन्स्योरेन्सले २५ प्रतिशत, सानिमा जिआईसीले २५ प्रतिशत र हिमालयन एभरेस्ट इन्स्योरेन्सले १२ प्रतिशत हकप्रद सेयर जारी गर्ने अनुमति दिएको छ ।
प्रतिक्रिया