काठमाण्डौ । मेरो माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्थाको प्रमुख कार्यकारी अधिकृत (सीईओ)मा पुनः रामहरि दाहाल नियुक्त भएका छन्।
मेरो माइक्रोफाइनान्सको बिहीबार बसेको सञ्चालक समिति बैठकले आगामी ४ वर्षका लागि दाहालको पदावधि थप गरेको हो ।
यसअघि पनि दाहाल नै सीइओ थिए । आउँदो असोज १ गतेदेखि लागू हुने गरी दाहाललाई पुनः ४ वर्षका लागि सीईओमा नियुक्त गरिएको छ ।
दाहाल हाल मेरो माइक्रोफाइनान्स सीईओका रुपमा कार्यरत छन्। उनको कार्यकाल यही भदौ मसान्तमा समाप्त हुँदैछ ।
प्रतिक्रिया