वि.सं. २०८२ असार १९, बिहीबार
+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

‘नाडा अटो शो २०२३’ भाद्र २६ गतेदेखि आयोजना हुने, ७५ हजार आगन्तुकहरुले अवलोकन गर्ने विश्वास

अर्थलगानी
२०८० भाद्र ११, सोमबार

काठमाडौँ । नाडा अटोमोबाइल्स एशोशियसन अफ नेपालले ‘नाडा अटो शो २०२३’ यही २०८० भाद्र २६ देखि ३१ गते काठमाडौको भृकुटी मण्डप प्रदर्शन स्थल परिसरमा आयोजना गर्ने भएको छ ।

यसै क्रममा नाडाले सो प्रदर्शनीका लागि बुकिङ समेत खुला गरेको छ। नाडाको आयोजनामा हरेक वर्षको दशैं अघि आयोजना हुँदै आएको नाडा अटो शो कोभिडको महामारीका कारण सन् २०२० र २०२१ मा आयोजना हुन सकेको थिएन।

शिर्ष प्रायोजक टाटा मोटर्स जेनुइन आयल रहेको छ भने सह-प्रायोजकमा शिखर इन्सुरेन्स कम्पनी लिमिटेड रहेको छ । यस्तै गरी प्रदर्शनीको डोर प्राइजमा वाडिया, टिकटिङ पार्टनरमा बत्ती, अफिसियल इन्टरनेट पार्टनरमा वल्डलिङ्ग, फायर सेफ्टी सर्टमा हिटको प्रा.लि. एवं हस्पिटल पार्टनरमा फ्रन्टलाइन हस्पिटल जस्ता प्रतिष्ठत संस्थाहरू रहेका छन् ।

साथै, प्रदर्शनीका व्यवस्थापन ग्लोवले एक्सपोजिसन एण्ड म्यानेजमेन्ट सर्भिसेजले गरी रहेको कम्पनीले जनाएको छ । ‘हाल विद्यमान बजार शुस्तताका बाबजुद पनि प्रदर्शनीमा विभिन्न अटोमोबाइल कम्पनीहरूको उत्साहजनक सहभागिताले केही हदसम्म अर्थतन्त्र चलायमान बनाउन यस किसिमको व्यापारिक गतिविधिको योगदानलाई प्रष्ट पार्दछ,’ कम्पनीद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।

आर्थिक शुस्तताले अटोमोबाइल व्यवसायीमा नकारात्मक प्रभाव पार्नका साथै सवारी साधन परिकताको वित्तीय योजनामा समेत असर गरेको आयोजकले जनाएको छ ।

यस अवस्थामा टाटा मोटर्स जेनुइन आयलद्वारा प्रायोजित नाडा अटो शो २०२३ ले बजारलाई चलायमान बनाउन मद्दत पुग्ने आयोजकको दाबी छ ।

सग–सगै नेपाली महान चाड–पर्वहरुको पूर्वार्धमा आयोजना हुन गइरहको यस प्रदर्शनीले जटा व्यवसायी, ग्राहकवर्ग, गाडी प्रेमीहरू तथा अटोमोबाइलसँग प्रत्यक्ष–अप्रत्यक्षरूपमा संलग्न सबैलाई उत्साह पूर्वक सहभागी गराउनेमा विश्वस्त रहेको पनि आयोजक टिमको भनाइ छ ।

प्रदर्शनीमा करिव १२० बटा स्टल र ब्लकहर

प्रदर्शनीमा ठूला तथा साना गरि करिव १२० बटा स्टल र ब्लकहर रहने छन् । उक्त प्रदर्शनीमा प्रख्यात अन्तर्राष्ट्रिय ब्राण्डका सवारी साधन लुब्रिकेन्ट, टायर, पाटपूर्जाका साथै राष्ट्रिय चाण्डको अटो सामग्री उत्पादक एवं वस्तु तथा सेवा प्रदायकहरुको सहभागिता समेत रहने छ।

यी कम्पनीहरुको सहभागिता

प्रदर्शनीमा १६ वटा ब्राण्डका चार पाडा २२ वटा ब्राण्डका दुई पाङग्रे ७ वटा ब्राण्डका लाइट कमर्शियल मेहिकल ९ वटा वित्तिय संस्था तथा ३० वटा विकेट, टायर, ब्याटरी, पाटपुर्जा एवं ग्यारेज उपकरण कम्पनीहरुको सहभागिता रहेको आयोजक टिमले जनाएको छ ।

‘प्रदर्शनीलाई बढी जानकारीमुलक सेवामूलक र ग्राहकमुखी बनाउन अटो सम्बन्धि सेवा सुविधा दिने जस्तै वित्तिय सेवा, विकिपछिका सेवा आदिका छुट्टा स्टलहरु रहने छ । त्यस्तै, अटो सम्बन्धी जानकारी दिने स्यागेजीन तथा पत्रपत्रिकाहरुका लागि पनि एउटा छुट्टै साझा मिडिया स्टलको व्यवस्था गरिएको छ,’ जारी विज्ञप्तिमा भनिएको छ ।

आम सर्व साधारणलाई ट्राफिक नियम तथा सड़क सुरक्षा सम्बन्धी व्यापक सुसूचित गराउने उदेश्यका साथ महानगरीय ट्राफिक प्रहरी महाशाखा काठमाडौको सूचना–कक्ष समेत प्रदर्शनीमा रहने विज्ञप्तिमा उल्लेख छ ।

६ दिन सम्म चल्ने उक्त नाड़ी त्रुटी शो २०२३ मा लगभग ७५००० आगन्तुकहरुले अवलोकन गर्ने विश्वास आयोजकको रहेको छ ।

प्रतिक्रिया

लेखकको बारेमा

अर्थलगानी

काठमाडौँ । नाडा अटोमोबाइल्स एशोशियसन अफ नेपालले ‘नाडा अटो शो २०२३’ यही २०८० भाद्र २६ देखि ३१ गते काठमाडौको भृकुटी मण्डप प्रदर्शन स्थल परिसरमा आयोजना गर्ने भएको छ । यसै क्रममा नाडाले सो प्रदर्शनीका लागि बुकिङ समेत खुला गरेको छ। नाडाको आयोजनामा हरेक वर्षको दशैं अघि आयोजना हुँदै आएको नाडा अटो शो कोभिडको महामारीका कारण सन् २०२० र २०२१ मा आयोजना हुन सकेको थिएन। शिर्ष प्रायोजक टाटा मोटर्स जेनुइन आयल रहेको छ भने सह-प्रायोजकमा शिखर इन्सुरेन्स कम्पनी लिमिटेड रहेको छ । यस्तै गरी प्रदर्शनीको डोर प्राइजमा वाडिया, टिकटिङ पार्टनरमा बत्ती, अफिसियल इन्टरनेट पार्टनरमा वल्डलिङ्ग, फायर सेफ्टी सर्टमा हिटको प्रा.लि. एवं हस्पिटल पार्टनरमा फ्रन्टलाइन हस्पिटल जस्ता प्रतिष्ठत संस्थाहरू रहेका छन् । साथै, प्रदर्शनीका व्यवस्थापन ग्लोवले एक्सपोजिसन एण्ड म्यानेजमेन्ट सर्भिसेजले गरी रहेको कम्पनीले जनाएको छ । ‘हाल विद्यमान बजार शुस्तताका बाबजुद पनि प्रदर्शनीमा विभिन्न अटोमोबाइल कम्पनीहरूको उत्साहजनक सहभागिताले केही हदसम्म अर्थतन्त्र चलायमान बनाउन यस किसिमको व्यापारिक गतिविधिको योगदानलाई प्रष्ट पार्दछ,’ कम्पनीद्वारा जारी विज्ञप्तिमा उल्लेख छ । आर्थिक शुस्तताले अटोमोबाइल व्यवसायीमा नकारात्मक प्रभाव पार्नका साथै सवारी साधन परिकताको वित्तीय योजनामा समेत असर गरेको आयोजकले जनाएको छ । यस अवस्थामा टाटा मोटर्स जेनुइन आयलद्वारा प्रायोजित नाडा अटो शो २०२३ ले बजारलाई चलायमान बनाउन मद्दत पुग्ने आयोजकको दाबी छ । सग–सगै नेपाली महान चाड–पर्वहरुको पूर्वार्धमा आयोजना हुन गइरहको यस प्रदर्शनीले जटा व्यवसायी, ग्राहकवर्ग, गाडी प्रेमीहरू तथा अटोमोबाइलसँग प्रत्यक्ष–अप्रत्यक्षरूपमा संलग्न सबैलाई उत्साह पूर्वक सहभागी गराउनेमा विश्वस्त रहेको पनि आयोजक टिमको भनाइ छ । प्रदर्शनीमा करिव १२० बटा स्टल र ब्लकहर प्रदर्शनीमा ठूला तथा साना गरि करिव १२० बटा स्टल र ब्लकहर रहने छन् । उक्त प्रदर्शनीमा प्रख्यात अन्तर्राष्ट्रिय ब्राण्डका सवारी साधन लुब्रिकेन्ट, टायर, पाटपूर्जाका साथै राष्ट्रिय चाण्डको अटो सामग्री उत्पादक एवं वस्तु तथा सेवा प्रदायकहरुको सहभागिता समेत रहने छ। यी कम्पनीहरुको सहभागिता प्रदर्शनीमा १६ वटा ब्राण्डका चार पाडा २२ वटा ब्राण्डका दुई पाङग्रे ७ वटा ब्राण्डका लाइट कमर्शियल मेहिकल ९ वटा वित्तिय संस्था तथा ३० वटा विकेट, टायर, ब्याटरी, पाटपुर्जा एवं ग्यारेज उपकरण कम्पनीहरुको सहभागिता रहेको आयोजक टिमले जनाएको छ । ‘प्रदर्शनीलाई बढी जानकारीमुलक सेवामूलक र ग्राहकमुखी बनाउन अटो सम्बन्धि सेवा सुविधा दिने जस्तै वित्तिय सेवा, विकिपछिका सेवा आदिका छुट्टा स्टलहरु रहने छ । त्यस्तै, अटो सम्बन्धी जानकारी दिने स्यागेजीन तथा पत्रपत्रिकाहरुका लागि पनि एउटा छुट्टै साझा मिडिया स्टलको व्यवस्था गरिएको छ,’ जारी विज्ञप्तिमा भनिएको छ । आम सर्व साधारणलाई ट्राफिक नियम तथा सड़क सुरक्षा सम्बन्धी व्यापक सुसूचित गराउने उदेश्यका साथ महानगरीय ट्राफिक प्रहरी महाशाखा काठमाडौको सूचना–कक्ष समेत प्रदर्शनीमा रहने विज्ञप्तिमा उल्लेख छ । ६ दिन सम्म चल्ने उक्त नाड़ी त्रुटी शो २०२३ मा लगभग ७५००० आगन्तुकहरुले अवलोकन गर्ने विश्वास आयोजकको रहेको छ ।